इटहरीः अाफ्ना पितृहरूकाे सम्झनामा अाज वालाचतुर्दशीकाे दिन सुनसरीकाे रामधुनी मन्दिरमा शतबीज छर्नेकाे भिड हुने गर्छ । भगवान राम बनावास बस्दा याे स्थानमा धुनी तापेकाे किंम्बदन्ती रहेकाे यस स्थानलाइ महत्वकाे क्षेत्रकाे रूपमा लिइन्छ ।

नेपाल, भारत र भुटान सम्मका तीर्थालु अाउने यस ठाउँमा  त्रयाेदसीकाे राति देखि नै जागा बस्ने प्रचलन छ । चतुर्दशीमा यहाँ अाएर शतबीज छर्दा पितृकाे उद्दार हुने विश्वास  लिइएकाे इटहरीबाट  दाजुभाउजुसँगै अाएका नवराज सुवेदीले जानकारी दिए ।

रामधुनी नगरपालिका ४ मा अवस्थित मन्दिरमा सोमवार शतबीज छर्न एक लाखभन्दा बढी भक्तजन आएका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले जानकारी दिए ।
बालाचतुर्दशी, शिवरात्रि, रामनवमीलगायत महत्वपूर्ण पर्वमा यहाँ मेला लाग्नेगर्छ ।

नगरपालिकाले यस क्षेत्रलाई धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने लक्षय लिइएकाे नगरप्रमुख जयप्रकास चौधरीले जानकारी दिए ।