धरानः नेकपाका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पद छाडेर पार्टी एकता गरेको भन्दै विपक्षीले जति प्रयास गरैपनि पाटि एकता दाबी गरेका छन् । धरानको चुनावी सभालाइ सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले काँग्रेसले दुुइ अध्यक्षबीच झगडा लगाउन खोजेको भन्दै बत्ति बालेर खोज्नुपर्ने दिन आउला भन्दै काँग्रेसप्रति व्यंग गरे ।
उनले काम्युनिष्टहरुलाई एक हुन नदिने काँग्रेसले आफुुलाइ प्रधानमन्त्री पद अफर गरेको भन्दै आफुुले देश र जनतालाई जीताउन पार्टी एकता गर्ने अडान लिएको दोहोर्याए ।
‘मलाइ पाँच वर्षसम्म प्रधानमन्त्री दिन्छु पाटी एकता नगर भन्नुुभएकै हो, मैले इन्कार गरेको हुँ’ प्रचण्डले आक्रोसित शैलीमा भने ‘काँग्रेसको नियत कम्युनिष्टहरु एकताबद्ध नहुन, राष्टएकताबद्ध नहोस् र राजनीतिक स्थायित्व नहोस् भन्ने नियतमाथि आक्रोस व्यक्त गर्न चाहन्छुु ।’
उनले आलोपालोबाट दोधार हुनेभन्दै एकजनाले ५ वर्ष ढुक्क सरकार चलाउने र एकजनाले पाटी सुदृढिकरणमा लाग्ने प्रश्ताव आफुुले गरेको भन्दै काँग्रेसलाइ दुुइपाटीको एकताबाट नआत्ति जनताको पक्षमा काम गर्न आग्रह गरे ।
अर्का नेता सुवास नेवाङले प्रधानमन्त्रीको सक्रियतामा लिपुलेकमा मिचिएको नेपाली भुमि फर्काउन पहल भइरहेको भन्दै काँग्रेसले चुनावी एजेण्डामात्र बनाउन खोजेको दाबी गरे ।