विराटचोकः सुन्दरहरैंचास्थित कोशीहरैँचा उद्योग वाणिज्य सङ्घ विराटचोकमा साना ठूला गरी १ हजार बढी व्यवसायी रहेका छन् । सङ्घमा करिब ६ सय व्यवसायी सङ्गठित छन् । तर, व्यवसायीको हक हितका लागि स्थापित संस्थालाई नगरपालिकाले उपेक्षा गरेको सङ्घका अध्यक्ष नवराज चापागाईंको आरोप रहेको छ ।
नगरपालिकाको नेतृत्वले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको भन्दै यसले स्थानीय सरकार बलियो नबन्ने चापागार्इंको दृष्टिकोण छ । उनले भने, ‘स्थानीय सरकार सञ्चालन ऐनले पनि निजी क्षेत्रको सहयोग अनिवार्य रहेको औँल्याएको छ, तर यहाँ सो अनुरूप सरकार चलेन ।’ व्यक्तिको मनोवृत्तिले सरकार चलेको भन्दै यसले दीर्घकालमा नकारात्मक असर पुुग्ने चापागार्इंले बताए ।
उनले राजनीतिक संयन्त्र हुँदा निजी क्षेत्रलाई साथमा लिएर हिँड्ने गरेको स्मरण गर्दै हाल स्थानीय जनप्रतिनिधि आइसकेपछि निजी क्षेत्रलाई संस्थागत रूपमै उपेक्षा गर्ने कार्य भएको गुनासो गरे । ‘हामी नगरको हितका लागि सकारात्मक सहयोग गर्न तयार छौँ’, उनले भने, ‘तर हाम्रो भूमिका खुुम्च्याउने गरी निजी क्षेत्रमै हस्तक्षेप गरे सङ्घर्ष गर्न तयार छौँ ।’
विराटचोक लगानी सुरक्षित गर्ने स्थान
चापागाईंले निजी क्षेत्रका लागि विराटचोकको राजनीतिक तथा सामाजिक वातावरण सुरक्षित रहेको बताए । लामो समयदेखि विराटचोक बन्द निषेधित क्षेत्रको रूपमा परिचित रहेको उनले बताए । यहाँका स्थानीय राजनीतिक दल, नागरिक समाज तथा सर्वसाधारण सकारात्मक कार्यका लागि एकजुट हुनु नै नयाँ व्यवसायीको लगानी सुरक्षित हुने आधार रहेको उनले स्पष्ट पारे । नेपालमै नमुुना स्थान विराटचोक रहेको भन्दै यहाँ अत्याधुनिक उद्योग स्थापना गर्नुुपर्ने र त्यसका लागि आवश्यक पूर्वाधार रहेको उनले जिकिर गरे ।
बढ्दो जनघनत्व, सकारात्मक आधार
विराटचोकमा बढ्दो जनघनत्व पूर्वाधार निर्माण तथा बजारीकरणका लागि आवश्यक मापदण्ड रहेको उनले बताए । चापागार्इंले यहाँको जनसङ्ख्या दिनानुुदिन बढ्दै जानुुले यहाँको व्यापार व्यवसायमा उत्तिकै सम्भावना रहेको पनि शिक्षा दिएको जानकारी दिए । उनले विराटचोकमा ९० प्रतिशत जनसङ्ख्या भित्रिइरहेको र १० प्रतिशत जनसङ्ख्या मात्र बाहिरिइरहेको तथ्याङ्क प्रस्तुत गरे ।
‘यहाँ २४ वटा बैँक, एउटा करदाता सेवा केन्द्र तथा नजिकै रहेको पूर्वाञ्चल विश्वविद्यालयको पूर्वाधारमा मेडिकल कलेज पनि सञ्चालन हुने हुँदा यसले विराटचोकको विकासका आधार प्रस्ट्याउँछ,’ चापागाईंले भने ।
उनले विराटचोकका व्यवसायीमा चन्दा आतङ्क नभएको र निर्धक्कसँग व्यवसाय सञ्चालन गर्ने वातावरण सबै पक्षबाट बनेको समेत जानकारी दिए ।