विराटनगरः इलामको सूर्याेदय नगरपालिकामा प्रदेश सरकारको साझेदारीमा रु. २३ करोडको लगानीमा चिया परीक्षण तथा प्रवद्र्धन केन्द्र निर्माण हुने भएको छ । त्यसका लागि बुधबार प्रदेश १ सरकार र इलामको सूर्योदय नगरपालिका बीच सम्झौत भएको छ ।
कुल सम्झौता रकमको ७५ प्रतिशत प्रदेश सरकारले लगानी गर्ने छ भने २५ प्रतिशत सूर्योदय नगरपालिकाले लगानी गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ । सम्झौता मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा केन्द्र निर्माणको लागि प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र सूर्याेदय नगरपालिकाबीच भएको हो । समझदारी पत्रमा मन्त्रालयका कृषि सचिव विमलकुमार निर्मल र सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईले हस्ताक्षर गरेका छन् ।
मुख्यमन्त्री शेरधन राईले चियाको राजधानी भनेर चिनिने सूर्याेदयमा बन्ने टी–टेस्टीङ हाउसले चियाको प्रवद्र्धन र गुणस्तरीय उत्पादनमा सहयोग पुग्ने बताए । उनले भने,‘‘चियाको बजारीकरणमा पनि केन्द्रको भूमिका रहने छ ।’’ राईले देशकै सुविधासम्पन्न र नमूना केन्द्रको रुपमा स्थापना गर्न कुनै कमजोरी नगरिने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा सूर्याेदय नगरपालिकाका प्रमुख रणबहादुर राईले ७० प्रतिशत अर्थाेडक्स चिया उत्पादन गर्दै आएको बताए । भने,‘‘केन्द्र निर्माणसँगै चियालार्य बजारसम्म लग्न थप सहयोग पुग्नेछ ।’’ सूर्याेदय नगरपालिकामा वार्षीक करिब ५० लाख केजी चिया उत्पादन हुँदै आएको छ । प्रदेश सरकारले सो केन्द्र निर्माणका लागि यस वर्ष ५ करोड रुपैयाँ खर्च गर्ने मन्त्रालयका सचिव विमलकुमार निर्मलले जानकारी दिए । केन्द्र दुई वर्षभित्र निर्माण गर्ने सम्झौता भएको मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले बताए । सूर्याेदय नगरपालिकालाई प्रदेश सरकारले यसअघि पर्यटकीय नगरीसमेत घोषणा गरिसकेको छ ।