इटहरी :

सृष्टिको आदिम युग देखी
माथी आकासमा तिमी
आफ्नै गतिमा घुमिरहेछौ
यहाँ म मेरै गतिमा कुदिरहेछु
जसरी ब्रम्हाण्डका अन्य हजारौं ग्रह, उपग्रहहरु
आफ्नै परिधि भित्र घुमिरहेका हुन्छन् ।

तिमि ज्यादै उष्ण छौ र उज्जर पनि
तिमि भन्दा म मधुरो हुला र गम्भिर पनि
तिम्रो पनि अवस्य होला
केही पिर ब्यथा र बाध्यता
त्यसैले सुस्केराहरु फाल्दै
अस्ताउछौ हरेक साँझमा
हजार ब्यथा र बेदना छन् मेरा पनि
अडेकै छु आत्मा भरी ज्वालामुखी बोकेर पनि
तिमिमा पनि छ केही खुशी केही मुस्कान
त्यसैले रक्तिम लाली बोकेर
उदाउछौ प्रत्येक बिहान ।।

केही अव यवहरु छन् ममा पनि
त्यसैले फरक तापमान लिएर
बाँचिरहछु एउटै देहमा पनि
होला केही पश्चाताप केही गुनासोहरु
होलान केही आवेग केही संवेगहरु
सायद तिमिलाई मेरो कुनै पर्वाह नहोला
नहुन सक्छ मलाई तिम्रो पनि
तर जरुर होला कुन्नै सम्मोहन
होला केही अनौठो अनुराग ।।।

यो अन्धताको प्राचिन युगमा
हाम्रो निकटता समाजको लागी
असामाजिक हुनसक्छ
हाम्रो नियमितता नीतिको लागी
अनैतिक हुनसक्छ
हाम्रो धारणा धर्मको लागी
अधार्मिक हुनसक्छ
हाम्रो आवेग
आवादिको लागी आपत्ति हुनसक्छ
हाम्रो चाहत
ब्रम्हाण्डको लागी चरम चुनौति हुनसक्छ ।।।।

फरक अस्तित्व
फरक ब्यक्तित्व
फरक प्रकृति
फरक प्रवृत्ति बोकेर
अनवरत यात्रामा छौ हामी
कुनै पल
यावत बिषयहरु बिर्सेर
बिश्व अन्धकार पारी
तिमिले अंगालेको क्षण
एउटा ब्रम्हाण्डिय आमोदको
प्रशव अनुभूति हुनेछ मलाई ।।।।।

जब अन्तिम उत्कर्शले शिखर चुम्नेछ
यो अबिरल बगीरहने समयको गोलार्धमा एकपल सम्पुर्ण पाउनेछौ
तिमिले मलाई
मैले तिमिलाई
जजस्ले जे जे भने पनि
त्यो अनुपम पर्मानन्द अलौकिक हुनेछ
कालान्तरमा दोहोरिने छ
रहने छ रहेसम्म तिमि
रहेसम्म म
लेखिने छ बेदबेदान्तहरुमा
युग युगान्तर सम्म
किनकी त्यो क्षण
तिम्रो प्रचण्ड कलुसितताको
सगरमाथालाई
म समाहित गराउने छु
मेरो भिषण सहनशिलतामा
जस्लाई यो बिश्वले एक नाम दिनेछ
खग्रास सुर्यग्रहण ।।।।।।।

ठिक त्यो घडी पश्चात भने
म जन्माउने छु
एउटा प्रदिप्त दिवा
जस्ले यो ब्रम्हाण्डमा
तिम्रो अस्तित्वलाई
बुलन्द राख्नेछ ।।।।।।।