विराटनगरः विराटनगर महानगरले सार्वजनिक जग्गा ओगटेर बसेका सुकुम्वासीलाई जग्गा खालि गर्न सार्वजनिक सुचना जारी गरेको भन्दै सुकुम्वासीहरुले नगरपालिका घेराउ गरेका छन् । संविधानको प्रदत्त आवासको हक उपलब्ध गराउने राज्यको दायित्व रहेको भन्दै आफुहरुलाई उचित व्यवस्थापन नगरी हटाउनु खोजिनु अन्याय भएको बताए ।

आज उनिहरुले नगरपालिकामा करिब १ घण्टा मुुख्य गेटमा पुुगेर नारावाजि गरे । देशभरी रहेका भुमिहिनहरुको समस्या बुझेर तत्काल समाधान गरिदिन उनिहरुले माग समेत गरेका छन् ।

यता महानगरले भने सार्वजनिक जमिन खाली गराउने अभियान अनुरुप नै सुचना जारी गरिएको जिकिर गरेको छ । अधिकाँश व्यक्तिको आफ्नै घरजग्गा भएपनि सुकुम्वासी भएको बहानामा मात्र बनाएकाले खास भुमिहिनलाई महानगरले आवाज बनाएर व्यवस्थापन गर्ने रणनीति लिएको प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीकाे दाबी छ ।

महानगरले गरेको पछिल्लो सर्वेक्षणमा विराटनगरमा ६हजार परिवार सुकुम्वासी छन् । ति मध्ये पनि तत्काल आवास चाहिने अवस्थाका परिवारलाई नगरका विभिन्न स्थानमा आवास बनाएर बसाउने योजना अघि सारेको छ ।
सार्वजनिक जमिन हडप्ने र ठुलाबडाको हालिमुहालिन हुन थालेको भन्दै सबै अेागटीएका जमिन फिर्ता लिने नगरले तयारी थालेकाे छ ।