विराटनगरः विराटनगरमा मेघ गर्जनसहित पानी परेको छ । विहान झुल्के घाम देखिएपनि पूर्वी नेपालको मौसममा नाटकीय परिवर्तन आएको हो ।
विहान ९ः३० बजे देखि शुरु भएको वर्षा करिब आधा घण्टासम्म जारी रह्यो । पानी परेपछि यहाँको जनजीवन प्रभावित भएको छ भने चिसो ह्वात्तै बढेको छ । विद्यालय, कार्यालय हिँडेका सर्वसाधारण पानीले प्रत्यक्ष प्रभावित भएका छन् ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद्ध विभुती पोख्रेलले देशभरी नै पानी परिरहेको जानकारी दिइन् । उनका अनुसार अहिले हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहिरहेको र हिमाली भुभागहरुमा हिमपातको पनि सम्भावना रहेको बताइन् । उनकाअनुसार आजदिनभर चिसो हुनेछ भने मध्यान्नपछि केहि बेर मौसम खुलेपनि बेलुका पुनः हल्का वर्षा हुने देखिएको छ ।
भोली देखि भने क्रमिक रुपमा मौसम सुधार हुनेछ ।