बिराटनगरः प्रदेश एक सरकार गठन भएको करिब दुई वर्ष बित्न लाग्दा मूख्यमन्त्री शेरधन राईले मन्त्रीमण्डल बिस्तार गरेका छन् । राइले आज ४ राज्यमन्त्री थप गरेर मन्त्रीमण्डल बिस्तार गरेका हुन् । अब प्रदेश एक मन्त्री परिषदमा ९ मन्त्री भएका छन् ।
आज प्रदेश प्रमुखको कार्यालयमा सपथ गराईएका थप राज्यमन्त्रीमा पूर्व एमालेबाट भौतिक पूर्वाधार राज्यमन्त्री ओखलढुंगाका अम्बिरबाबु गुरुङ, सामाजिक विकास राज्यमन्त्री झापाकी जसमाया गजमेर, भुमि ब्यबस्था तथा कृषि राज्यमन्त्री इलामका राम रानामगर र पूर्व(माओवादीका तर्फबाट मोरङका विजय विश्वास उद्योग वन तथा वातावरण राज्यमन्त्री भएका छन् ।
उनिहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । अबको केही समयपछि दुई मन्त्री थप्ने तयारी मुख्यमन्त्री कार्यालयले गरेको बताइएको छ । तर, पुर्व माओवादी र पुर्व एमालेमा सहमती भइनसकेको हुँदा थपिने भनिएका दुइ मन्त्रीहरुको टुँगो नलागेको नेकपा स्रोतले जानकारी दिएको छ ।

vlcsnap-2020-01-19-16h27m23s574