विराटनगरः सत्तारुढ दलकै सांसदहरुले प्रदेश एकको नामा कोशी राख्नुुपर्ने धारणा सार्वजनिक गरेका छन् । यस अघि दलहरुबीचको आपसी छलफलमा केहि प्रश्तावित नामहरु आएपनि सार्वजनिक रुपमा भने कसैले बोलेका थिएनन् ।

तर, नेकपाका सांसद विमल कार्कीले अब प्रदेशको नाम ढिला राख्न नहुने भन्दै कोशी सभ्यताको विषयले सबै भुुगोल र पहिचनलाई समेट्ने र दीर्घकालसम्म कुनै असर नपुुग्ने धारणा राखेका हुन् ।

मुख्यमन्त्री शेधरन राईले आगामी प्रदेश सभाको बैठकबाट प्रदेशको नाम टुुँग्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रदेश सभामा सांसदहरुमार्फत उठेका रायलाई उचित सम्बोधन हुने गरि नाम टुुँग्याउने राईको भनाई छ ।

प्रदेश एकको नामका लागि कोशी, सगरमाथा, कोशी किरात वा विराट प्रदेश नाम प्रश्तावित गरिएको छ ।