पाँचथर ः गत बुधबार पाँचथरको फिदिममा आयोजित कार्यक्रममा नौलो शैली देखियो । कार्यक्रमको शैली देखेर त्यहाँ उपस्थित अतिथिहरू पनि छक्क परे ।
कार्यक्रम समथिङ फाउन्डेसन नेपालले आयोजना गरेको थियो र सन्दर्भ थियो– साहित्यकार राज माङ्लाकलाई समथिङ साहित्यिक राष्ट्रिय पुरस्कार तथा विद्या निर्दोषी ओझालाई समथिङ साहित्यिक राष्ट्रिय सम्मान प्रदान गर्ने । सो अवसरमा कवि माङ्लाकलाई ५५ हजार पाँच सय ८० रुपैयाँ राशिको पुरस्कारबाट पुरस्कृत गरिएको थियो भने सम्मानसहित ओझालाई पाँच हजार पाँच सय ८० रुपैयाँ प्रदान गरिएको थियो ।
पुरस्कार र सम्मान अर्पण गर्ने शैली भने मौलिक लिम्बू संस्कृतिमा आधारित थियो । नाङ्लोमा झर्के थाल, करुवा, काँसको बटुको, चम्ची, प्लेट अनि बेहुलालाई लगाइने दूबो, धुपी र बत्तुको मालासँगै पुष्पगुच्छा राखिएका थिए । नोटहरू पनि नाङ्लामै सजाइएका थिए । रकम खामभित्र लुकाएर वा चेकका रूपमा प्रदान गरिने आधुनिक ढाँचालाई विस्थापित गरेर त्यहाँ प्रस्तुत गरिएको शैली साँच्चै नै मौलिक थियो र अतिथिहरूले यो शैलीको प्रशंसा गरेका थिए । हाम्रा कार्यक्रमहरूमा विदेशी शैलीको नक्कल गर्नुभन्दा यस्तै नेपाली जनजातीय मौलिक संस्कृतिको अनुसरण गर्न सके कार्यक्रमको ओज, गरिमा र महत्त्व बढ्ने सहभागीहरूको धार प्रदेश पोर्टलणा थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रसिद्ध भाषाविद् प्राडा टङ्कप्रसाद न्यौपानेले माङ्लाकलाई पुरस्कार र ओझालाई सम्मान प्रदान गरेका थिए । प्रमुख अतिथि न्यौपानेले माङ्लाक यो समयका शक्तिशाली कवि भएको धारणा राखेका थिए । उनले पाँचथर नेपाली साहित्यको उर्वर थलो रहेको चर्चा गर्दै मुर्धन्यहरूलाई सम्मान गरेर अर्को महत्त्वपूर्ण काम गरेको बताए ।
फाउन्डेसनका संरक्षक गुरुङ रामप्रकाश समथिङले प्रत्येक दुई–दुई वर्षमा प्रदान गर्ने गरी स्थापना गरेको पुरस्कार तथा सम्मान पहिलोपल्ट वितरण गरिएको हो । नेपाली साहित्यमा योगदान गरेको भन्दै लिम्बू लेखकहरूमध्येबाट कवि माङ्लाकलाई सो पुरस्कारका लागि छनोट गरिएको हो । माङ्लाक ‘उत्तरवर्ती सोच’ का अभियन्तामध्ये एक हुन् । उनको कविता सङ्ग्रह ‘लिम्बुनी गाउँ’ २०७४ सालको मदन पुरस्कारका लागि छानिएका श्रेष्ठ कृतिहरूमा पर्न सफल भएको थियो ।
यस्तै, विचलित नभई नेपाली साहित्यको प्रवद्र्धनमा लागिपरेको भन्दै सो सम्मान ओझालाई प्रदान गरिएको हो । उनका ‘कहालीलाग्दो वर्तमान’ कविता सङ्ग्रह, ‘पाँचथरका नारी हस्ताक्षर’ (सहलेखन) र ‘जवानी खोसेको वात्सल्य’ कथा सङ्ग्रहलगायतका कृति प्रकाशित छन् ।
पुरस्कृत कवि माङ्लाकले पुरस्कारले आपूm जिम्मेवारी थपिएको बताए । आपूm जन्मेको जिल्लामा यो पुरस्कार पाउँदा भावुक भएको बताउँदै उनले पुरस्कारले दिएको जिम्मेवारी पूरा गर्न सदा लागिपर्ने पनि प्रतिबद्धता जनाए । ओझाले पनि आपूmजस्तो नारी सर्जकलाई सम्झेर सम्मान गर्नु सिङ्गो नेपाली साहित्यको सम्मान भएको धारणा राखिन् ।
कार्यक्रममा गुरुङ रामप्रकाश समथिङको ५१ औँ कृति ‘कथा जिन्दगीको’ कथा सङ्ग्रहको विमोचन पनि गरिएको थियो । कृतिबारे खड्ग बोहोरा र धनपति कङ्गालले बोलेका थिए । फाउन्डेसनका संस्थापक समथिङले अबको पुस्ताले पुरस्कार र सम्मानलाई परिष्कृत गर्नुपर्ने धारणा राखेका थिए । सम्मानपत्र र दोसल्लाले मात्र कुनै कवि तथा लेखकको जीवन निर्वाह हुन नसक्ने भएकाले त्यसको ठाउँमा थोरै भए पनि नगद प्रदान गर्न सके कवि–लेखकहरूलाई थोरै भए पनि राहत हुने उनको भनाइ थियो । कार्यक्रममा पूर्वमन्त्री श्रीप्रसाद जवेगू, प्राज्ञ हरिचन्द्र लावतीलगायतले बोलेका थिए ।
फाउन्डेसनका महासचिव राजेन्द्र काप्mलेले सञ्चालन गरेको कार्यक्रममा नारायण तुम्बापोले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अध्यक्षता फाउन्डेसनका अध्यक्ष मङ्गल बेघाले गरेका थिए ।


तस्विर ः प्रकाश दिप्साली राई