धरानः धनकुटाको मिक्लाजुङ डाँडामा मङ्गलबार कविहरूले नौलो काम गरेका छन् ।
धनकुटाको जेफाले साहित्य समाज, चौबीसेको आयोजनामा सम्पन्न कार्यक्रममा १२ जना कविहरूले पर्यावरणसम्बन्धी रचना वाचन गरेका थिए । प्रकृतिको संरक्षण र स्वास्थ्यसम्बन्धी सचेतना पैmल्याउन कार्यक्रम आयोजना गरिएको कार्यक्रममा सहभागी युवाकवि राज माङ्लाकले जनाए ।
हृदय लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनकुटा, मोरङ, पाँचथर र इलामका स्रष्टाहरू सहभागी थिए ।