उनि आएर भने तिमि पढेलेखेको मान्छे कुरा बुझ्छौ होला
म व्यवस्था बदल्न जेलनेल भोगेको नेता, देस बनाउछु मलाई भोट देउ
मैले पनि होला त नि भने उनको कुरा माने
मैले ठाने उनि हाम्रा प्रतिनिधि हामी नै उनका मालिक
जिते उनले चुनाब, मैले सोचे मैले पनि जिते
बिजय जुलुश निक्लियो, मैले सोचे मेरो पनि बिजय को जुलुश हो यो
मैले पनि जुलुसमा नारा लगाए यो जित कसको जनता को
उनि जित्तै गए म जनाता हार्दै गए, उनि परिबर्तन हुदै गए म जनता उस्तै रहे
भन्थे उनि परिबर्तन गर्छु हो उनि परिबर्तन भए,
सत्ताको वोरीपरि घुम्ने दलालहरु को भट्टी उनको घर भयो
म जनता को परिबर्तनको सपना बगर भयो
म जुनदिन गरिबीको दल दल मा फस्दै थिए,
त्यहि दिन उनि पिर्का माथि सलामी खादै थिए
म मुर्ख जनता हु किनकि जेल त चोर डाका, हत्यारा पनि बस्छ
मैले उनिले जेल नेल भोगेको भन्दैमा अनि सपना को ब्यापार गर्दै मा मेरो ज्ञान, बिद्वत्व भन्दा माथि देखे,
मेरो भाग्यको फैसला गर्ने अधिकार दिए
म मुर्ख जनता हु, राजनीतिलाइ फोहरी खेल देखे, मेरो भबिस्य बदल्ने तागत देखिन
हो फोहरीले खेले पछी फोहरी नै हुन्छ,
न योजना छ, न बाटो सहि छ, न उदेश्य सहि छ, न नियात नै सहि छ
म मुर्ख जनता हु, किनकि उनका चिप्ला कुरा मा यसरि चिप्लिए म, उनि तानासाह बन्दै गर्दा म उनको दास बने
हिजो इतिहासमा राणा हरु ले उन्मुलन गेरको दास प्रथा आज फेरी तगडा बनाएका छन् उने
डाक्टर का संगठन, इन्जीनियरका संगठन, नर्स का संघठन, अनि हुदा हुदा बिश्व बिद्यालय का प्राध्यापकका संगठन
सबै दास हरु बनेका छन् यहाँ एउटा पद को लागि, संसार बदल्ने सक्ति भुलेर स्तुतिगान गर्छन
त्यसैले पटमुर्ख नेता जन्माउने म मुर्ख जनता नै हु ।