इटहरीः वरिष्ठ लेखक , समालोचक , प्राध्यापक , गीतकार प्राज्ञ उपेन्द्र पागल (बस्नेत ) को निधन भएको छ । लामो समय साहित्य प्राध्यापनमा संलग्न पागलको  ७८ बर्षिय साहित्यकार उपेन्द्र पागलको उनको निवास इनरुवा  ६ मधेसामा निधन भएको हो । उनकाे आज २ बजेर २५ मा निधन भएको हो । उनको आज अपरान्ह चार वजे पछि इटहरी स्थित वुढिखोलामा अन्तेष्ठि गरिने अहिले उनको निवासमा रहेका  साहित्यकार पत्रकार कृष्ण अधिकारीले जानकारी दिए ।  उनी सुकुना बहुमुखी क्याम्पसमा निकै लामो समय नेपाली बिषयका प्राध्यापकका रुपमा कार्यरत रहेका थिए । उनि प्रति हाम्रो हार्दिक श्रद्धाञ्जली ।  तस्विरः नविन गड्तौला