थर्मल गनको कालोबजारी गर्ने अग्रवालको मानार्थ अवैतनिक महावाणिज्यदूत पद खारेज

  • चैत्र २७, २०७६
  • १०२ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः विश्वमा कोरोना संक्रमणको महामारी भईरहेको बेला थर्मल गनको कालोबजारी गरीरहेको अवस्थामा प्रहरीले रंगेहात पक्राउ गरिएका नेपालका अर्बपति सुलभ अग्रवालको सरकारले प्रदान गरेको नेपालका लागि किर्गिज गणतन्त्रका मानार्थ अवैतनिक महावाणिज्यदूत पद खारेज भएको छ ।
कूटनीतिक सुविधा र विशेषाधिकार प्रयोग गर्दै कालोबजारी गरेको आरोपमा ज्वरो नाप्ने थर्मल गनसहित उनलाई मङ्गलवार पक्राउ गरिएको थियो। त्यसपछि बुधवार साँझ एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालमा रहेका सबै मानार्थ अवैतनिक वाणिज्यदूतहरूलाई उपलब्ध गराइएका केही विशेष सुविधा खोसिएको जनाएको थियो।
खोसिएको सुविधामा मानार्थ अवैतनिक महावाणिज्यदूतहरूलाई दिइएको नीलो नम्बर प्लेट र सवारी साधनमा राष्ट्रिय झण्डा प्रयोग गर्न दिने विगतको निर्णय अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको परराष्ट्र मन्त्रालयले बताएको थियो।
परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकल शाखाले अग्रवालको पद खारेज गरिएको जानकारी किर्गिस्तान सरकारलाई गरिएको जनाएको छ।
चिफ अफ प्रोटोकल गेहेन्द्र राजभण्डारीले अग्रवालको पद खारेज गरिएको र यसबारेको जानकारी सम्बन्धित मुलुकलाई कूटनीतिक माध्यमबाट गराइएको जानकारी दिए । यसअघि आफ्नो पदीय हैसियत र विशेषाधिकारको दुरुपयोग गर्दै अग्रवाल गैरकानुनी गतिविधिमा संल्गन भएको भन्दै परराष्ट्र मन्त्रालयले बताएको थियो। मङ्गलवार दिउँसो राजधानीको नक्सालस्थित बालमन्दिरबाट पक्राउ परेका ४५ वर्षका अग्रवाल हाल प्रहरी हिरासतमा छन्।
कोभिड १९ को विश्वव्यापी सङ्कटको अवस्थामा ज्वरो जाँच्न प्रयोग गरिने अन्दाजी ३५ सय रुपैयाँ रहेको थर्मल गनको मूल्य बढाएर १५ हजार रुपैयाँ प्रतिगोटामा बेचेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो।
शङ्कर गु्रपका सञ्चालक रहेका अग्रवाललाई उनले प्रयोग गर्ने २०९(एचसीसी नम्बरको कूटनीतिक नियोगको नम्बर प्लेट राखिएको पजेरो गाडी र त्यसको डिकीमा राखिएको ६७ थान थर्मल गनसहित पक्राउ गरिएको प्रहरीले बताएको थियो। अग्रवाल युनियन लाईफ इन्सुरेन्स, जगदम्बा छड , जगदम्बा सिमेन्ट लगायतका मालिक हुन् । उनि नेपालकै अर्बपतिको सूचिमा पर्छन् ।

प्रतिक्रिया दिनुहोस

सुनसरीमा ५, मोरङमा २ ...

इटहरी :सुनसरीमा थप ५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा भोक्राहा नरसिहं गाउँपालिकाका ...

एकै दिन ३२३ कोरोना स ...

इटहरी पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । यससँगै कुल ...

एम्बुलेन्स नहुँदा भो ...

भोजपुरः कोरोना संक्रमित पुष्टि भएको २४ घण्टा बिति सक्दा एम्बुलेन्स नपाएपछि भोजपुरका ५ संक्रमितलाई अस ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved