इटहरीः र्यापिड डाइग्नोस्टिक टेस्टमा कोरोना पोजेटिभ देखिएका झापा हल्दिबारीका एक युवाको स्वाब परीक्षण रिर्पोटमा भने नेगेटिभ आएको छ । उनको हिजो स्वास्थ्यकर्मीहरुको टोलीले स्वाब लिएको थियो । आज कोशी अञ्चल अस्पताल बिराटनगरमा परिक्षण गर्दा उनमा कोरोना संक्रमण नदेखिएको हो । र्यापिड डाइग्नोस्टिक टेस्टमा कोरोना पोजेटिभ देखिएपछि सो गाँउपालिका क्षेत्रका बासिन्दा मात्र नभई प्रदेश एक भरी नै त्रास फैलिएको थियो ।
एक महिनाअगाडि दुबईबाट आएका झापा हल्दीबारीका ति युवकको आरडिटीमा कोरोना पोजेटिभ देखिएपनि स्वाब परीक्षणको लागि कोशी अञ्चल अस्पताल विराटनगर ल्याइएको थियो । कोशी अस्पतालको रिपोर्टमा उनमा कोरोना भाइरस नदेखिएको उल्लेख छ । प्रदेशको सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार र्यापिड टेष्टमा पोजेटिभ देखिएपनि ती युवकसहित परिवारका चार सदस्यको स्वाब संकलन गरेर विराटनगर ल्याइएको थियो ।
विराटनगरको कोशी अस्पतालमा पिआरसी बिधिबाट स्वाब परीक्षण भएपछि मात्र उनमा कोरोना भए नभएको यकिन हुने मन्त्रालयले जनाएको थियो । आरडीटीमा पोजिटिभ हुनेबित्तिकै स्वाब परीक्षणको परिणाम पनि पोजिटिभ नहुने यसअघि देखिसकेको छ । चिकित्सकहरुका अनुसार पहिले कोरोनाको संक्रमण भएको र रोग प्रतिरोध क्षमताको कारण त्यसलाई परास्त गरेकाहरुको रगत परीक्षणमा आरडिटी पोजेटिभ देखिन्छ । पछिल्लो पटक र्यापिड डाइग्नोस्टिक टेस्ट गर्दा कैलालीकी एक महिलाको नेगेटिभ रिपोर्ट आएकोमा पिसिआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ मंगलबार सप्तरीसहित विभिन्न जिल्लाका ६ जनामा आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएकोमा पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो ।