इटहरीः सुनसरीको दुहबी क्षेत्र आसपासका मस्जिदमा लुकेर बसेका ७ पाकिस्तानी नागरिक सहित २७ जना इटहरी क्वारेन्टाइनमा थपिएका छन्। आज प्रहरीले उनिहरुलाई बिभिन्न स्थानबाट नियन्त्रणमा लिई बिहिबार इटहरीको क्वारेन्टाइनमा राखेको छ । यो संगै इटहरी उपमहानगरले जनता बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बस्नेहरुको संख्या ५५ पुगेको छ । जसमा ३६ भारतीय ,७ पाकिस्तानी १२ नेपाली सो क्वारेन्टाइनमा बसेका छन् ।
संघीय सरकारले मस्जिद मर्दसामा बस्नेहरु सबैलाई क्वारेन्टाइनमा राख्न निर्देशन अनुसार प्रहरीले इटहरीको क्वारेन्टाइनमा आज ७ जना पाकस्तिानी नागरिक १० जना उत्तर प्रदेशका सहित २७ जना ल्याएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मि गौतमले बताइन् ।क्वारेन्टाइनमा बसेका मध्ये २ उनिहरुलाई क्वारेन्टाइनमा राख्नु अघि इटहरी अस्पतालमा लगेर र्यापिट टेष्ट गरिएको उपमेयर गौतमले बताइन् ।महिला र १ बच्चा छन् । ७ जना बाहेक क्वारेन्टाइनमा बसेका सबैको कोरोना संक्रमण भए नभएको बुझ्न र्यापिड टेष्ट गरिएको उपमेयर गौतमले बताइन् ।
र्यापिड टेष्टमा २७ जनाकै रिर्पोट नेगेटिभ आएको इटहरी अस्पताल इमेरजेन्सी विभागका इन्र्चाज रामकुमार धमलाले बताए । उनिहरुलाई प्रहरीले दुहबी क्षेत्र आसपासका मस्जिदबाट लुकेर बसेको अवस्थामा आज नियन्त्रणमा लिई इटहरीको क्वारेन्टाइनमा ल्याएको धमलाले बताए ।