इटहरीः धरान उपमहानगरपालिका अन्र्तगत विष्णु पादुका स्वास्थ्य चौकीको हेल्थ असिष्टेण्ट चन्द्र प्रकाश खनाललाई घाउ डे«सिङ गर्न बिरामीको घर तर्फ   जाने क्रममा आज प्रहरीले कुटपिट गरेकोमा हेल्थ असिष्टेण्ट संघ नेपाल (हान) जिल्ला कार्य समिति सुनसरीले भत्र्सना गर्दै विरोध जनाएको छ ।
 हेल्थ असिष्टेण्ट संघ नेपाल (हान) जिल्ला कार्य समिति सुनसरीका अध्यक्ष रामकुमार धमलाले एक प्रेश विज्ञप्ती प्रकाशन गरि खनाललाई स्वास्थ्य सेवा प्रवाह गर्ने शिलशिलामा प्रहरीवाट हातपात र लाठि चार्ज भएको दुःखद घटना प्रति हेल्थ असिष्टेण्ट संघ नेपाल (हान) जिल्ला कार्य समिति सुनसरीको गम्भिर ध्यानकार्षण भएको जनाएका छन् ।

कोभिड १९ को विश्वव्यापी महामारीको अहिलेको विषम परिस्थितिमा जीवन र मरणको विच रातदिन खटिरहेका स्वास्थ्यकर्मीले परिचय खुलाई अवगत गराउदा समेत लाठी चार्ज गर्ने, हातपात गर्ने र दुव्र्यवहार गर्ने जस्तो अमानवीय क्रियाकलापहरु प्रति घोर भत्सर्ना गरिएको छ । कुटपिट गरिएको घटनाको निन्दा गर्दै हानले सत्यतथ्य छानविन गरी घटनामा संलग्नलाई अविलम्व कानुनी कारवाही गर्न जोडदार माग गरेको छ ।

हानले यो कोभिड १९ संक्रमणको मानवीय संकटको प्रतिकुल अवस्थामा स्वास्थ्यकर्मी र चिकित्सकको सुरक्षालाई प्राथमिकता दिन, र स्वास्थ्य प्राविधिकहरुको आवतजातलाई सहिजीकिकरण गर्न गराउन नेपाल सरकार, गृह प्रशासन तथा सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराएको छ । हानले सो घटनामा पीडित हेल्थ असिष्टेण्ट चन्द्र प्रकाश खनालको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । उनलाई आज बिहान आफ्नो परिचय दिदा दिदै इलाका प्रहरी कार्यालय धरानबाट खटिएका प्रहरीले लकडाउन कडा बनाउने नाममा शरिरभरी निलडाम बस्ने गरि जथाभावी कुटपिट गरेका थिए ।