इनरुवाः काठमाण्डौको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने  कोरोना भाइरस कोभिड–१९ संक्रमित परिवार सगै बेलायतबाट यात्रा गर्नेहरु मध्ये ८ जना सुनसरीकाे इटहरी, धरान, इनरुवा लगायत स्थानमा बसोबास गर्ने ८ जना भएको पत्ता लागेको छ । 

बेलायतबाट कतार एयरवेजको क्यु आर ६४४ फ्याईटमा मार्च २० तारेखका दिन नेपाल आएका मध्ये ८ जना सुनसरीका रहेको विवरण सुनसरी प्रहरीलाई आएपछि उनीहरुको खोजी सुरु गरिएको हो ।
प्रहरी उपरिक्षक यज्ञविनोद पोखरेलले भने कोरोना सक्रमित बिरामीको ट्राभल हिस्ट्रीका आधारमा जिल्ला प्रहरी प्रहरी कार्यालय इनरुवाले खोजी सुरु गरि फेला परेकालाई क्वारेन्टाइनमा राख्न थालेको बताए ।
क्यु आर ६४४ फ्याईटमा मार्च २० तारेखका दिन नेपाल आएका मध्ये इनरुवा, डुम्राहा, गौतमपुर, पश्चिम कुशाहा, रामगञ्ज वेलगछिया, सिगिया, धरान र इटहरी ठेगाना भएका सुनसरीका स्थानियहरु रहेका छन ।
प्रहरी उपरिक्षक पोखरेलले उनीहरुको विवरण बुधबार साझमा आएकाले सवैजनालाई ठेगानका आधारमा खोजी सुरु गरिएको छ । फेला परेका व्यत्तीलाई क्वारेन्टाईनमा राखिने र उनीहरुले सुनसरी आएपछि कहाँ कहाँ गए कसलाई भेटे सवै विवरण लिन सुरु गरिएको बताए । बेलायतबाट आएको २८ दिनपछि संक्रमणको लक्षण देखिएका आमा छोरा र बुहारीमा कोरोना पेजेटिभ भेटिएको थियो ।