सम्माननिय प्रधानमन्त्रीज्यू,
सादर नमस्कार ।

यस्तो बिशम परिस्थितिमा आफ्नो स्वास्थ्य अनुकुल नरहदाँ पनि देशलाई अभिभावकत्व प्रदान गरेर कोरोना नियन्त्रण गर्न अहोरात्र आफै खटिनुभएको छ, त्यसको लागी म हजुरलाई हृदयदेखी नै नमन गर्न चहान्छु । अहिले विश्व महामारीको संकटमा रहेको बेला हजुरजस्तो अभिभावकको साँच्चै नै देशलाई खाँचो छ । यति हुदाँहुदैपनि हजुर अलि सजक हुन जरुरी छ किनकी शत्रु खोज्न टाढा जानुपर्दैन हजुर ।
म पेशाले स्वास्थ्यकर्मी साथै विद्यार्थीकालमा हजुरले नै नेतृत्व गरेको ने.क.पा (एमाले) को भातृ संगठन अनेरास्ववियुको अगुवा कार्यकर्ता हु । हजुरलाई मैले देखेका सरकारका गल्ती र काम गर्दागर्दै पनि छुटेका केही कुराहरु राष्ट्रको नागरिक, स्वास्थ्यकर्मी र हजुरको कार्यकर्ता भएको नाताले राखेको छु । मैले यी मध्ये धेरै कुराहरु लकडाउन सुरु भएपछि नै भन्न मन लागेको थियो तर म यी कुराहरु सरकारले बिस्तारै सुधार गर्छ र छुटेका कुरा पनि ल्याउँछ भन्नेमा बिश्बस्त थिए । तर आज लकडाउनको २५ औं दिनसम्म आइपुग्दा सम्म पनि हजुरको सरकारका जिम्मेवार व्यक्तिले नसोचेपछि मैले नै जमर्को गर्को छु ।
सुरुको त्रुटी नै मैले हजुरको सरकारले बनाएको उच्चस्तरिय संयन्त्रमा देखेको छु । यो संयन्त्र स्वास्थ्य मन्त्रीको नेतृत्वमा गृहमन्त्री, रक्षामन्त्री, कानुनमन्त्री, डाक्टर, नर्स, ल्याबरोटोरी प्राबिधिक, फर्मा््िसष्ट, पब्लिक हेल्थ एक्सपर्ट, इपिडिमियोलोजिष्ट, सुरक्षा निकायका प्रमुख लगायतको हुनुप¥थ्यो र कोभिड — १९ सम्बन्धि निर्णय गर्ने पुर्ण अधिकार सम्बन्धित मन्त्रीलाई दिनु उपयुक्त हुन्थियो । यसो गर्नाले रोग नियन्त्रण गर्न सबै बिधाले आफ्नो क्षेत्रमा रहेर सुझाब दिन्थे । ल्याबरोटोरी प्राबिधिकले किटाणुको बारेमा, फर्मा््िसष्टले औषधी र त्यसले काम गर्ने तरिकाको बारेमा, डाक्टरले रोग पहिचानको बारेमा काम गर्थे र आबश्यक सुझाब दिन्थे र बिषयगत मन्त्रीले त्यसको लागी लिनुपर्ने निर्णय लिई कार्यन्वयन गराउथे । अहिलेको संयन्त्रमा त केबल मन्त्रीहरु मात्र हुनुहुन्छ जसले निती निर्णय त गर्न सक्नुहुन्छ तर उहाँहरुसंग रोग र औषधी सम्बन्धि बिशेषज्ञता छैन । बिशेषज्ञता नहुने बित्तिकै मौका खोज्नेहरु जुरमुराउछन् । यसो हुदाँ घाटा प्रधानमन्त्रीज्यूलाई नै हो । यसरी काम गर्दा स्वास्थ्य मन्त्रालयले सम्पुर्ण उपकरणहरु र सामानहरु आँफै खरिद गर्न सक्थियो । जसले गर्दा सम्पुर्ण सामाग्री सस्तो, गुणस्तरिय र चाँडो ल्याउन सकिन्थ्यो । आखिर यो सबै खरिद गर्ने जिम्मा जसले पायो, उसले त व्यापार न गर्नु थियो तर जनतालाई जवाफ हजुरले न दिनुपर्ने भयो । ओम्नी ग्रुप मार्फत ल्याइएको च्म्त् प्क्ष्त् को चर्चा अहिले जताततै छ । बिश्व स्वास्थ्य संगठनले समेत गुणस्तरहिन भनेको सो किट नेपालमा प्रयोग भइरहेको छ । उदाहरण नै छ नि पोखरामा नेगेटिभ देखिएको विरामीको काठमाण्डौंमा पोजेटिभ देखियो । सनसिटी अपार्टमेन्टमा पनि त एकै परिवारमा बसेका तिन जना मध्ये दुइ जनालाई मात्र कोरोना पोजेटिभ देखिनु आश्चार्यजनक छैन र ? क्वारन्टाइनमा बसेका धेरैलाई जब किट गुणस्तरहिन छ भने हामी अर्को किट ल्याउन असमर्थ छौ र प्रधानमन्त्रीज्यू ? यहाँ त करोडौं ज्यानको पो सवाल छ त । यी जनता नै रहेनन् भने हजुर कसको प्रधानमन्त्री बन्नुहुन्छ र ?

kp-sharma-oli-3

अहिलेसम्म नेपालमा खाद्यन्न अभाव भएको कुनैपनि समाचार आएको छैन । यो कुरा सराहनिय छ । अहिले पछिल्लो समयमा आएर भारत र चिनबाट पनि खाद्यन्न ल्याउने अबस्था छैन । के नेपालमा संचित खाद्यन्नले कोरोनाको संक्रमणकाल भरी पुग्छ ? सरकारले विश्वाश दिलाए झैं साँच्चै खाद्यन्न छ कि जनतालाई थुम्थुयाउन त्यसो भन्नुभएको हो । बजारमा कलोबजारी शुरु भएको छ, अत्याधिक मुल्यबृद्धि भएको छ । यो कालोबजारीलाई नियन्त्रण गर्न पनि जरुरी छ । अहिले सबैभन्दा मारमा किसानहरु छन् । किसानहरुको न तरकारीले बजार पाएको छ न दुध लगायतका उत्पादनहरुले नै बजार पाएका छन् । यता उपोभोक्ता भने कृषि उत्पादन नपाएर निराश छन् । यस दुरीलाई पुरा गर्नपनि हजुर नै अघि बढ्नु जरुरी छ ।
अहिले अर्को ठुलो समस्या भनेको दीर्ध रोगीहरुले दैनिक सेबन गर्ने औषधीमा भइरहेको छ । अधिकांश यसतो औषधी विदेशी छ जुन अहिले निर्यात गर्न सम्भव छैन र नेपालमा उत्पादन भएका औषधी पनि पर्याप्त हुदैन । फेरी नेपालमा उत्पादन गर्ने औषधीको कच्चा पदार्थ पनि भारतबाट नै आउने हो । केही समयपछि यो कुराले पनि बिकराल रुप लिदैछ, हजुरको यसमा ध्यान जाओस् सम्माननियज्यू । अहिले अर्को समस्या औषधीमा भनेको औषधी पसलबाट मानिसको घरसम्म पुर्याउनु हो । जनताहरु औषधी सकिएपनि किन्न जान डराएका छन् । उनीहरुलाई बजार औषधी किन्न जानुस् भनेर भन्नुभन्दा पनि तालिम प्राप्त फर्मासिष्ट वा फार्मेसी साहयकले स्वयम् नै घर घरमा औषधीको माग अनुसार डेलिभरीको ब्यबस्था गर्नु जरुरी छ । यसो गर्दा जनतामा संक्रमणको खतरा कम हुन जान्छ । औषधी मात्र हैन अरु अत्यावश्यक सामानहरु सबैमा यो तरीका अपनाउदा हुन्छ हजुर ।
हजुरको शुभचिन्तकको नाताले मैले यी कुराहरु जानकारी गराएको हुँ । एकपटक यसमा बिचार गर्नुभए राम्रो हुनेथियो । हुन त एक से एक सल्लाहकारहरु हजुरको सचिवालयमा हुनुहुन्छ । तर पनि मेरा कुराहरु बिचार गर्न अनुरोध गर्दै बिदा हुन चहान्छु ।

                                                                                                                        उही तपाईको शुभचिन्तक
                                                                                                                             अतित गुरागाई