इटहरीः कोरोना भाइरस ( कोभिड १९) का कारण अमेरिकामा तीन भुटानी शरणार्थी सहित थप ४ नेपालीको मृत्यु भएको छ ।
बिहिबार बिहान न्युयोर्कमा ७० वर्षका महेश अमात्यको जमाइका अस्पतालमा निधन भएको हो। अमेरिकाको कोलोराडो एक, न्युयोर्कमा एक महिला र आयोवामा एक पुरूष गरी तीन नेपाली( भाषी भूटानी शरणार्थीको कोभिड– १९ बाट निधन भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
कोलोराडोमा निधन हुने महिलाको परिचय खुलाइएको छैन। न्युयोर्कमा निधन हुने इन्द्र भुजेल हुन् । आयोवामा निधन हुने बीरमान सुब्बा हुन्। सत्तरी वर्षका सुब्बा भूटानको टेन्डुमा जन्मेका हुन्। उनी नेपालको टिमाई शिविरमा बसेका थिए । सन् २०१६ देखि आयोवाको सेडार्र यापिड्समा बस्दै आएका थिए। यसअघि कोभिड–१९ का कारण अजय छोचुन, थोक्मे बिष्ट, सोनाम लामा, निमा टेम्बा शेर्पा, पवनकुमार मल्ललगायतको निधन भइसकेको छ। नेपाली मूलका मानिसको बाक्लो बसोबास भएका क्विन्स र ज्याक्सन हाइट्समा कोभिड–१९ को संक्रमण धेरै देखिएको छ । ती स्थानमा रहेका थप नेपाली भाषीहरुको मृत्यु हुने संभावना बढेर गएको बताइएको छ ।