इटहरीः लकडाउनका बेला चोरबाटोबाट भारतको राजधानी दिल्लीस्थित निजामुद्दिन मस्कज मस्जिद धार्मिकसभामा भाग लिई उदयपुरको मस्जिद आइपुगेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ देखिएको छ । उनिहरु यत्तिका दिनसम्म सो मस्जिदमा लुकेर बसेका थिए ।
कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको पिसिआरबाट स्वाव टेस्ट गर्दा  ती ८ जनामा कोरोना पोजेटिभ देखिएको हो । उनिहरु उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा रहेको मस्जिदमा लुकेर बसेका थिए । सो मस्जिदमा लुकेर बसेका १२ भारतीयमध्ये ८ जनाको रिर्पोट पोजेटिभ आएको कोशी अञ्चल अस्पाताल श्रोतले बताएको छ । अन्य ४ जनाको रिर्पोट नेगेटिभ आएको बताइएको छ ।
८ जना भारतीय नागरिकको रिपोर्ट पोजेटिभ आएपछि कोशी अस्पतालले थप परिक्षणका लागि बिहिबार रातीनै उनिहरुको स्वाब काठमाण्डौं पठाएको छ । अस्पतालको आग्रहमा सामाजिक विकास मन्त्रालयको गाडीमा ती स्वाब परिक्षण गर्न टेकु पठाइएको हो । राती ११ बजे सो गाडीले स्वाब लिएर काठमाण्डौं हिडेको बुझिएको छ । स्रोतका अनुसार ती स्वाबहरु टेकुमा परिक्षणका क्रममा छन् । आजै नभए भोलि बिहानसम्ममा फाइनल रिर्पोट आइसक्ने जानकारी प्राप्त भईसक्ने छ ।
कोशी अस्पतालमा गरिएको परीक्षणमध्ये पोजेटिभ देखिएको ८ जनाको सहित नेगेटिभ देखिएको अन्य शंकास्पद १० जनाको स्वाब पनि पुनः परीक्षणको लागि काठमाडौं पठाएको बुझिएको छ । नयाँ प्रयोगशाला भएकोले केही रिपोर्ट भेरिफाइको लागि काठमाडौं पठाउने गरिएको अस्पताल प्रशासनले जनाएको छ । भारतीय नागरिक ८ जनामा कोरोना देखिएपछि त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिद र आसपासको क्षेत्र शिलबन्दीको तयारी गरिएको छ । सुरक्षाकर्मीले मस्जिद र आसपासको क्षेत्रमा हिँडडुलमा रोक लगाएको उदयपुर प्रहरीले जनाएको छ । संक्रमितलाई अस्पताल लैजान तयारी पनि भईरहेको प्रहरीले बताएको छ ।
भुल्केको मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वास्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो। उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो। उनीहरु लकडाउनको समयमा चोरबाटो हुँदै भुल्केको मस्जिदमा आएर लुकेर बसेको स्थानीयले दावी गरेका छन् ।