इटहरीः उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केको एक मस्जिदमा बसेका १२ भारतीयलाई कोभिड १९ संक्रमण देखिएकसंगै भोलिबाट इटहरी उपमहानगरले लकडाउनलाई थप कडा बनाउने भएको छ ।
उपमेयर लक्ष्मी गौतमका अनुसार भोलिबाट ३ दिनसम्म औषधी पसल बाहेका अरु सबै पसलहरु बन्द गरिने छ । अटेर गरेका कानून अनुसार कार्वाही समेत हुने उनले बताइन् । उनले घर बाहिर ननिस्कन र आफु र अरुलाई बचाउन नगरवासीमा अनुरोध समेत गरेकी छन् ।
उता धरान नगरपालिकाले भाइरसको संभावित जोखिम नियन्त्रण गर्न भोलि अर्थात बैशाख ६ देखि ८ गते सम्म कुनै पनि बस्तु ओसार पसार बिक्री बितरण गर्न निषेध गरेको छ ।
औषधि पसल,दुध,सागसब्जी लगायत अत्यावश्यक सबै सामग्री, साईकल,मोटर साइकल लगायत मानिसहरू समेत हिडडुल गर्न निषेध गरिएको धरान उपमहानगरले जनाएको ंछ ।
उता बराहक्षेत्र नगरपालिकाले पनि सूचना जारी गरि ३ दिनसम्म औषधी पसल, खाध्यान्न लगायतका सम्पुर्ण अत्यावश्यक सामग्रीका पसल समेत बन्द रहने जानकारी गराएको छ ।