इटहरीः उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केको एक मस्जिदमा लुकेर बसेका १२ जनामा कोभिड १९ संक्रमण पुष्टिभएपछि इटहरीका १४ वटा मस्जिदमा सिल गरिएको छ ।
संघीय सरकारको निर्देशनमा प्रहरीले संभावित संक्रमणबाट जोगिन केही समयका लागि ती मस्जिदहरुमा सिल गरेको हो ।
मस्जिदमा रहेकाहरुलाई इटहरी सरकारले निर्माण गरेको जनता बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा व्यवस्थित तरिकाले राखिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिएकी छन् ।
सिल गरिएका मस्जिदहरुमा प्रहरीले दैनिक रुपमा निगरानी गरिरहेको छ । मस्जिद सिल गरि खाली गराइएपछि इटहरी नगरका मुस्लिम समुदायका दाजुभाई दिदि बहिनीलाई केही समय आ आफ्नो घरमा प्रार्थनाका लागि इटहरी उपमहानगरले अनुरोध गरेको उपमेयर गौतमले बताइन् । उपमहानगरको अनुरोधलाई स्वीकार गरि मुस्लिम समुदायका सदस्यहरुले घर घरमै प्रार्थना थालेको उनले बताइन् ।