इटहरीः माघ १० गते चीनबाट काठमाण्डौं आएकी एक विद्यार्थीमा कोरोना भाईरस संक्रमण देखिएको ठिक ८५ दिन अर्थात दुई महिना १५ दिनमा सबैभन्दा धेरै उदयपुरमा १२ जना नयाँ संक्रमित भेटिएसंगै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित हुने प्रदेशमा प्रदेश नम्बर १ पर्न गएको छ । 

कोरोना भाइरस संक्रमण फैलन सक्ने संभावनालाई मध्य नजर गरि प्रदेश सरकारले आफ्ना १४ जिल्लाका सबै स्थानीय तहहरुमा सचेतना फैलाउनुका साथै उच्च सर्तकर्ता अपाईरहेको दावी गरिरहेको बेला सुक्रबार १२ जना कोरोना भाइरस संक्रमित फेला परेका हुन् ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केको मस्जिदमा बसिरहेका बसिरहेका १२ भारतीय र ४ नेपालीहरुको स्वाब परिक्षण गर्दा १ नेपाली सहित ११ जना भारतीयमा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्यासंगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ह्वात्तै बढेर ३० पुगेको छ ।
चैत १० गते नेपालमा कोरोनाको दोस्रो बिरामी फेला परेकी थिइन् । उनि पनि निको भएर घर फर्किएकी छन् । दोस्रो कोरोना संक्रमित देखिएपछि सरकारले चैत्र ११ गतेबाट देशभरी नै लकडाउन लागू गर्यो ।
शुक्रबार साँझसम्ममा नेपालमा १६ जना मात्र कोरोना संक्रमित थिए । तर एक्कासि प्रदेश नम्बर १ को उदयपुरमा १२ जना र प्रदेश नम्बर ३ को चितवनमा २ जना कोरोना संक्रमित थपिएपछि नेपालमा कोरोना संक्रमित हुने बिरामीको संख्या ३० पुगेको हो । केस देखियो। र, ११ गते बाट सरकारले लकडाउन र्गयो। शुक्रवार बेलुकीसम्म १६ मा सीमित भएको संख्या राति एकाएक बढ्यो ।नेपालका दुई प्रदेश (कर्णाली र प्रदेश ५ बाहेक) अन्य ५ प्रदेशमा भाइरसको संक्रमण देखिएको हो । नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १६ मात्रै हुँदा प्रदेश १ मा भाइरसको कुनै पनि केस फेला परेको थिएन् । तर शुक्रवार देशकै सबैभन्दा धेरै संक्रमित रहेको प्रदेश बन्यो प्रदेश १ ।

unnamed 4
हालसम्मको रेकर्ड हेर्दा प्रदेश १ पछि सबैभन्दा बढी वाग्मती प्रदेशमा हालसम्म ७ जना संक्रमित फेला परेका छन् । काठमाडौंमा ५ (दुई जना डिस्चार्स भइसकेको) र चितवन शुक्रवार मात्रै २ जना नयाँ संक्रमित थपिएका छन् ।
प्रदेश २ को पर्सा र रौतहट गरी ४ जनामा संक्रमण देखिएको छ । गण्डकी प्रदेशको बाग्लुङमा २ जनामा संक्रमण देखिएको छ । सुदुरपश्चिमको कञ्चनपुर र कैलालीमा ५ जनामा संक्रमण देखिएको छ ।
धेरै संक्रमित देखिनु प्रदेश १ सरकारकै कमजोरी
एकाएक सुक्रबार साँझ प्रदेश नम्बर १ को १४ जिल्ला मध्ये उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा १२ जना कोरोना संक्रमित देखिनुमा प्रदेश सरकारकै कमजोरी रहेको पाइएको छ ।
भुल्केको मस्जिदमा भारतबाट शंकास्पद व्यक्तिहरु आएको र उनिहरुको स्वास्थ्य परीक्षणका लागि त्रियुगा नगरपालिका र जिल्ला प्रशासन कार्यालय उदयपुरले लिखित रुपमै प्रदेश र संघीय सरकारलाई पत्राचार गरेको देखिन्छ । तर, प्रदेश सरकार र संघीय सरकारले दुवै सरकारका स्थानीय अंगहरुको पत्रलाई वेवास्था गरिएको पाइएको छ ।
प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले ती निकायहरुबाट आफ्नो मन्त्रालय र प्रदेश सरकारलाई आधिकारीक जानकारी नै नआएको दावी गरेका छन् । तर, उनको भनाईलाई खण्डन गर्दै त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले भने नगरपालिका र सिडिओ कार्यालयबाट आफ्नो लेटरप्याडमा सबै कुरा खुलाएर माथिल्लो तहका दुवै सरकारलाई पत्रचार गरेका छौं । दुवै कार्यालयले स्पष्ट भाषा लेटरप्याडमै लेखेर स्वास्थ्य परीक्षणको माग सहित पत्र पठाउँदा पनि आधिकारीक हुदैन भने मैले थप भन्नु पर्ने कुरा नै भएन नी ।
उनले आफुहरुको मागलाई २२ दिनपछि सम्बोधन गरि उनिहरुको स्वास्थ्य परीक्षण गरिएको बताए । समयमै पत्रको सम्बोधन भएको भए हालको अवस्था सृजना नै नहुने उनको भनाई छ ।
आरडीटी नतिजा गुपचुप राखियो
त्रियुगा नगरपालिका र उदयपुर प्रशासनले प्रदेश सरकारलाई लिखित पत्र पठाएको २२ दिनपछि प्रहरीको रोहबरमा भुल्केको मस्जिदमा रहेका १६ जनामध्ये ८ जनाको बैशाख २ गते आरडीटी गरिएको थियो । पछि अन्यपनि रहेको थाहा पाएपछि सबैको परीक्षण गरिएको थियो । सो बेला आरडिटीको रिर्पोटका बारेमा गुपचुप राख्ने काम भएको बेलका नगरपालिका मेयर दुर्गा(स्वतिक ) थापाले बताए । सो बेला नै उनिहरुको रिर्पोट पोजेटिभ आएको हल्ला बाहिरिएको उनले बताए । उनले पछिल्लो समयमा प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयको पहलमा उनिहरुको फाइनल स्वास्थ्य परीक्षण गरिएको र सो परीक्षणमा उनिहरुमा कोरोना पोजेटिभ देखिएको बताए ।

93683498_1320450751487187_5062247470965194752_n