उदयपुरः उदयपुरको भुल्केस्थित मस्जिदमा भेटिएका कोरोना संक्रमित सबैर्को र्‍यापिड  डायग्नोष्टिक टेस्ट (आरडिटी) मा नेगेटिभ रिपोर्ट आएको थियो तर तिनै व्यक्तिहरुको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएको छ। त्यति मात्र हैन देशका विभिन्न ठाउँर्मा र्‍यापिड टेस्ट गर्दा नेगेटिभ रिपोर्टलाई पोजिटिभ देखिएको छ। यसरी फरक–फरक नेगेटिभलाई पोजिटिभ र पोजिटिभलाई नेगेटिभ रिपोर्ट आउन थालेपर्छि र्‍यापिड टेस्टको विश्वसनियतामा प्रश्नचिन्ह खडा भएको छ।
त्यसमा अझ उदयपुरको घटनाले सबैलाई झस्काएको छ। तथ्यमा आधारित रहेर रिपोर्ट नआएपछि सर्वसाधरणमा झनै त्रास फैलिएको छर्। यापिडको गुणस्तरीयतामा प्रश्नचिन्ह खडा भएकै बेर्ला र्‍यापिड टेस्टको भरमा क्वारेन्टाइनबाट घर पठाइएकाहरुमा खतरा बढेको स्थानीयले महशुस गर्न थालेका छन्। स्वयंम क्वारेन्टाइनमा बसेकाहरुमासमेत त्रास फैलिएको छ। कटारी नगरपालिका १ बेलसोत क्वारेन्टाइनमा बसेका एक युवाले नाम नबताउने शर्तमा टेलिफोनबाट भने, र्‍यापिड टेस्टले नेगेटिभ देखियो, त्यसैमा ढुक्क भइयो, अहिले यसको गुणस्तरीयताले झनै आफैलाई सन्त्रास भयो।’ १४ दिनसम्म क्वारेन्टाइनमा राखिएका २६ जना कसैमा लक्षण देखा नपरेपछि १० प्रतिशतको स्वाब परीक्षण गरी अन्य सबैलार्ई र्‍यापिड टेस्ट गरी घर पठाइएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए।
र्‍यापिडबाट कोरोना नभएको पुष्टि पछि खुशी भएर घर फर्किएका उनीहरुमा पुनः शंकाले त्रास फैलिएको छर्। र्‍यापिडको भरमा खतरा झन बढ्दो रहेछ, गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य महेश्वरी राईले भनिन्, ’त्यसैले यसलाई नै आधिकारिकता नमानौं, स्वाब टेस्ट गरी आफु, परिवार र समुदायलाई ढुक्क पारौ।’
भुल्केको मस्जिदमा १२ भारतीय र ४ नेपाली बसिरहेको भेटिएपछि गत मंगलबार्र र्‍यापिड टेस्ट गरिएको थियोर्। र्‍यापिड टेस्टमा नतिजा नेगेटिभ आएपछि थप यकिन गर्न सबैको स्वाब संकलन गरेर पठाउँदा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए।
र्‍यापिड टेस्टले कोरोना संक्रमित व्यक्तिमा उक्त भाइरसविरुद्ध लड्ने एन्टिबडी बनेको छ वा छैन भनेर पत्ता लगाउने माध्यम मात्र भएको विज्ञहरूले बताएका छन्। संक्रमित व्यक्तिको शरिरले आइजिम एण्टीबडी २र३ दिनमा उत्पादन गर्ने दुई सातामा त्यो हराएपछि आइजिजी भन्ने एन्टिबडी उत्पादन गर्ने बताइन्छ। त्यसैले त्यसैले आइजिएम पोजिटिभ देखायो भने कोरोना भाइरस भर्खरै भएको रआइजिजी पोजिटिभ देखायो भने कोरोना संक्रमण भएर निको भएको मानिन्छ। कोरोनालाई शरिरले परास्त गरे पनि आइजिजी एन्टिबडी लामो समयसम्म रहिरहने भएकोर्ले र्‍यापिड टेस्ट गर्दा पोजिटिभ तर पिसिआरमा नेगेटिभ देखिने बताइन्छ। तर, उदयपुरको मस्जिदमा एक महिना अगाडि नै पुगेकाहरुर्मा र्‍यापिड टेस्टले नेगेटिभ देखाएपछि चिकित्सक नै अलमलमा छन्।    अन्नपूर्णपोष्ट