इटहरीः कोभिड १९ संक्रमणका कारण अमेरिकामा मृत्यु हुने नागरिकको संख्या ३९ हजार १४ पुगेको छ । अमेरिकामा हालसम्म ७ लाख ३८ हजार ८ सय ३० जना संक्रमित भएका छन् । संक्रमित मध्ये १३ हजार ५ सय ५१ बिरामीको अवस्था गम्भिर छ । अमेरिकामा गएको २४ घण्टामा १ हजार आठ सय ८६ जनाको मृत्यु गएको छ। अमेरिकामा एकै दिन २८ हजार भन्दा बढी नयाँ संक्रमित विरामी थपिएको वल्डोमिटरले जनाएको छ। अमेरिकामा सबै भन्दा बढी न्युयोर्कमा १७ हजार ६ सय ८१ जनाको मृत्यु गएको छ। सो देशमा २ लाख ४१ हजार संक्रमित छन्। अमेरिका पछि सबै भन्दा बढी इटालीमा २३ हजार २ सय २२ जनाको मृत्यु भएको छ । स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ। फ्रान्समा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ हजार भन्दा बढी छ। त्यस्तै बेलायतमा १६ हजार बढी मानिसले ज्यान गुमाइसकेका छन्। विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या २३ लाख २९ हजार भन्दा बढी छ। मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ भने ५ लाख ९६ हजार मानिस ठिक भइसकेका छन्।
भारतमा मृत्यु हुनेको संख्या बढ्दै
छिमेकी मुलुक भारतमा पनि प्रतिदिन संक्रमित हुने र मृत्यु हुने नागरिकको संख्या बढीरहेको छ । पछिल्लो रेकर्ड अनुसार भारतमा कोभिड १९ को संक्रमणले ५ सय २१ जनाको मृत्यु भईसकेको छ । संक्रमितको संख्या १५ हजार ७ सय २२ पुगेको छ ।