इटहरीः कक्षा ९ मा अध्ययनरत एक छात्राले शनिवार एक सुसाइट नोट लेखेर आत्महत्या गरेकी छन् । मोरङको मिक्लाजुङ्ग गाउँपालिका – ४ सखेवा निवासी १५ वर्षिय मन्जु नेम्वाङ्ग लिम्बुले सुसाइट नोट लेखेर आत्महत्या गरेकी हुन् । मन्जु स्थानिय सरस्वती माविमा अध्ययरत थिइन् ।
१५ बर्षीया मन्जुले लेखेको सुसाइट नोटका आधारमा उनलाई आत्माहत्या गराउन बाध्य बनाउनेलाई नियत्रन्णमा लिइ कानून अनुसार कार्वाही गर्न प्रहरी सामु उनका बुबा आमाले माग समेत गरेका छन् । उनिहरु इलाका प्रहरी कार्यलय उर्लाबारीका प्रमुख प्रहरी निरिक्षक सुवास राईलाई भेटर घटनाको सत्यतथ्य छानविन गर्न भनेका छन् ।
मृतक मन्जुले आफ्नो सुसाइट नोटमा ‘पूर्व प्रेमीले करणी गरेको र प्रेममा रहेका पारसले थाहा पाएपछि उनले छोडेर अर्कै सँग विवाह गरेको कारणले आफुले आत्महत्याको बाटो रोज्नु परेको उल्लेख गरेकी छन् । उनले सो सुसाइट नोटमा आफुलाई करणी गर्नेलाई कारवाही गरिनुपर्ने माग पनि गरेको मृतककी दिदी कविताले बताइन् ।
बहिनीले सुसाइट नोटमा नाम किटान गरि आत्महत्या गरिएको उल्लेख गरेको हुनाले प्रहरीले निष्पक्ष छानविन गरि दोषीलाई कारवाही गराउनुपर्ने कविताको भनाई छ । दिदि कविताका अनुसार बहिनीले आत्माहत्या अघि लेखेको उक्त सुसाइट नोटमा पूर्व प्रेमि मदन भएको पनि उल्लेख गरेकी छिन् ।
आत्महत्या अघि मन्जुले लेखेको सुसाइट नोट मृतकका परिवारले इलका प्रहरी कार्यालय उर्लाबारीमा बुझाई सकेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले मृतक लिम्बुको पोष्मार्टम भएकोले रिपोर्ट आएपछि थप अनुसन्धान प्रक्रिया अगाडी बढाउने बताए । उनले यस घटनामा विस्तृत रूपमा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढाउने बताए ।