भोजपुर: भोजपुरका एक ब्यक्तिमा कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ ।
जिल्लाको दक्षिणी हतुवमगढी गाउँपालिका ६ का २६ बर्षीय एक युवामा र्यापिड डायग्रोष्टिक टेष्ट (आरडिटि) बाट जाचँ गर्दा पोजेटिभ रिपोर्ट देखिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए ।
ति युवक गत फागुन ३० गते साउदीबाट काठमाडौं आएका र चैत्र ११ गते घर आइपुगेका थिए ।
होम क्वारेन्टाइनमा रहेका उनलाई (आरडिटि) रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई अहिले घरबाट प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा रहेको आइसोलेसनमा राखिएको पालिका अध्यक्ष राईको भनाई छ ।
उनको अब स्वाब संकलनका लागि मंगलबार नै जिल्ला अस्पताल भोजपुरबाट चिकित्सवको टोली हतुवागढी तर्फ जादैं गरेको छ ।
ति युवकको स्वाब परीक्षणका लागि भोलि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइने जिल्ला अस्पताल भोजपुरले जानकारी दिएको छ ।