इटहरीः नेपालमा कोभिड १९ बाट संक्रमण हुनेको संख्या ४२ जना पुगेको छ ।

उदयपुरको भुल्केबाट नेपाली सेनाको छाउनी अस्पतालका चिकित्सक टोलीले संकलन गरेको स्वाब मध्ये टेकुमा गरिएको परीक्षणबाट ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोशी अञ्चल अस्पताल विराटनगरले संकलन गरेको स्वाबबाट कोरोना पोजेटिभ रिर्पोट आएको र उनिहरुको स्वाब पुनः परीक्षणका लागि वीपी पठाउदा ८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

सो सहित भुल्केमा संक्रमित हुनेहरुको संख्या आज मात्रै ११ जना थपिएका छन् । यो सहित सो स्थानमा संक्रमित हुनेहरुको संख्या २४ पुगेको छ । संक्रमित हुने पुरुषहरुको उमेर १८ बर्षदेखि ५८ बर्षसम्मका रहेका छन् ।

३६ बर्षकी एक महिला र अर्की उमेर नखुलेकी महिलामा पनि संक्रमण भएको मन्त्रालयले साँझ ७ बजे जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । यो संगै नेपालमा कुल संक्रमित हुनेहरुको संख्या ४२ पुगेको मन्त्रालयले बताएको छ ।