इटहरीः बुधबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोभिड १९ पुष्टि भएका दुई जना विराटनगर निवासी भएको खुलेको छ । यसअघिको परीक्षण विराटनगरका २ जनामा कोभिड १९ पुष्टि भइसकेको थियो ।
मोरङको टाँडीस्थित क्वारेन्टाइनमा रहेका एक भारतीय सहित तीन जनाको पुन ः स्वाब परीक्षण गर्दा कोभिड १९ पुष्टि भएको हो । उनिहरु ११ भारतीय जमातीसंगै उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केको नुरी मस्जिदमा संगै बसेका थिए ।
पहिलो पटक कोभिड १९ पुष्टि भएकासंगै विराटनगरका ४ जनालाई पनि ४ वटा एम्बुलेन्स हालेर प्रदेश सरकारले संचालनमा ल्याएको कोरोना बिषेश अस्पतालमा ल्याइएको थियो । पहिलो पटक गत सुक्रबार ११ भारतीय र १ नेपाली जो विराटनगर निवासी हुन् , उनमा कोभिड १९ पुष्टि भएको थियो । एक भारतीय सहित ४ जनलाई टाँडीस्थित क्वारेन्टाइन पठाइएको थियो । ती मध्ये एक जनलाई भोलिपल्टा अर्थात गत शनिवार शंका लागि स्वाब पुनः परिक्षण गर्दा कोभिड १९ संक्रमण पुष्टि भएको थियो । उनि विराटनगर १७ निवासी थिए ।
अस्पतालकी प्रमुख डा. संगीता मिश्राले संक्रमित भएकाहरुसंगै नभएकाहरुलाई एम्बलेन्स हालेर ल्याउनु उनिहरुमा जोखिम बढाएको बताउदै तत्काल मोरङको टाँडीस्थित क्वारेन्टाइन पठाएकी थिइन् । मोरङको टाँडीस्थित क्वारेन्टाइनमै रहेका नुरी मस्जिदमा रहेका १६ मध्ये बाँकी ३ जनाको बुधबार पुन ः स्वाब परीक्षण गर्दा कोभिड १९ पुष्टि भएको हो । जसमा एक भारतीय नागरिक हुन् भने २ जना विराटनगर निवासी नेपाली नागरिक हुन् ।
योसंगै नुरी मस्जिदमा रहेका १६ जनामै कोभिड १९ भएको पुष्टि भएको हो । त्यसमा १२ भारतीय नागरिक र ४ जना नेपाली नागरिक विराटनगर १७ निवासी हुन् । बुधबार कोभिड १९ पुष्टि भएका ३ मध्ये एक भारतीय नागरिक र दुई विराटनगर १७ निवासी ६० वर्ष र ७२ वर्षका पुरुष हुन् ।

यसअघि गत शुक्रबार सो मस्जिलमा बस्दै आएका १ नेपाली र ११ भारतीयमा कोरोना पुष्टि भएको थियो । मस्जिदमा ४ नेपाली र १२ भारतीय बस्दै आएकोमा सो दिन ४ जनामा कोरोना नदेखिएपछि टाँडी स्थित क्वारेन्टाइनमा लगिएको थियो ।