इटहरीः उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केकी ५५ बर्षीया एक महिलामा कोभिड १९ संक्रमण भएको पुष्टि भएको छ । टेकुमा गरिएको परीक्षणबाट कोभिड १९ संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरि जनकपुरका १४ बर्षीय बालकलाई पनि कोभिड १९ भएको पुष्टि भएको छ । पाटन अस्पतालमा उपचार गराई रहेका २ जना निको भएर घर फिर्ता गएको मन्त्रालयले जनाएको छ । यो संगै ९ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालभरी ४७ जना संक्रमित पुगेको छ । घर फर्किएका बाहेक अरु सबै संक्रमितको स्वास्थ्य अवस्था समान्य रहेको मन्त्रालयले जनाएको छ ।