इटहरीः उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्के नेपालकै कोरोना संक्रमण हुने केन्द्र बनेपछि प्रदेश सरकारको निर्देशनमा उदयपुर जिल्लाभरी लकडाउनलाई कडाई गर्नुका साथै नाकाहरु सिल गरेको प्रशासनले जनाईरहेको बेला सर्वसाधारणहरु भने कुनै कुराको प्रर्वाह नगरि सडकमा आफ्नो तरिकाले हिड्डुल गरिरहेको पाइएको छ ।
प्रशासनले उदयपुर जिल्ला भरी कडाई गरेको जनाएपनि कोरोना संक्रमितहरु फेला परेका त्रियुगा नगरपालिका वडा नम्बर ३ संगै जोडिएको बेलका नगरपालिका क्षेत्रका सडकभरी सर्वसाधारणहरु जथाभावी हिड्डुल गरिरहेको भएपनि त्यसलाई स्थानीय प्रहरी प्रशासनले वेवास्था गरेको स्थानीयहरुको आरोप छ ।
त्रियुगा ३ भुल्केको नुरी मस्जिदमा बसेका १२ भारतीय र ४ नेपाली सहित १६ जनामै कोरोना भाइरस संक्रमण भएको पुष्टिसंगै सो स्थानबाट संकलन गरिएको स्वाब परिक्षणका क्रममा प्रतिदिन कोरोना संक्रमित हुने स्थानीयहरुको संख्या बढीरहेको छ ।
थपिएका संक्रमितहरु मध्ये कोही अटो रिक्सा चालक छन् भने कोही तरकारी व्यापारीहरु पनि छन् ।
एक जना गाईघाटमा टेलरिगं व्यवसाय गर्दै आएका व्यक्ति छन् । उनले स्थानीय एक सामुदायिक वनको आग्रहमा मास्क समेत बनाएर दिएका थिए । उनले आफै पनि धेरै मास्क वितरण गरेका थिए । कोरोना संक्रमण समुदाय र परिवारका सदस्यहरु समेतमा फ्रैलिएको अवस्थामा उदयपुर जिल्लाभरी र यसका आसपासका जिल्लाहरु पनि संक्रमणको उच्च जोखिममा रहेका छन् ।
कोरोना संक्रमण अन्य जिल्ला र क्षेत्रमा नहुन दिनका लागि प्रशासनले लकडाउनलाई कडा बनाएको हो, तर बेलकामा जथाभावी पसल खोल्ने, बिभिन्न बहानामा भेला हुने र हिड्ने कार्यले ठूलो जोखिम ल्याएको स्थानीयले बताएका छन् ।
स्थानीयले लकडाउनलाई पूर्ण कार्यन्वयन गर्न प्रहरी प्रशासन कडा रुपमा सडकमा नत्रिए प्रदेश १ कै अवस्था गम्भिर हुनेमा चिन्ता व्यक्त गरेका छन् । स्थानीयले नै बेलकामा लकडाउन उलघंन भएका घटनाको तस्वीर तथा भिडियो प्रदेश पोर्टललाई उपलब्ध गराएका छन् ।
फोटो र भिडियो उपलब्ध गराउदै जथाभावी हिड्डुलका कारण स्थानीयमा त्रास सृजना भएकाले सो कार्य रोक्नका लागि सम्बन्धित निकायकाले ध्यान दिनु पर्ने माग राखेका छन् ।
यता यस विषयमा बेलका नगरपालिका प्रमुख दुर्गा कुमार थापाले प्रदेश पोर्टल सगँ कुरा गर्दै भने नगरपालिकाले दिनको एक घण्टा अत्याबश्यक खाद्य सामग्री बिक्रि तथा खरिद गर्न भनेका थियौं । त्यसको फाइदा उठाएर स्थानीयले लकडाउनको उलंघन गरेको बताए । हामीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर स्वयमसेवक खटाएर सुरक्षामा कडाई गरेको बताउँदैं भोलिका दिनबाट थप कडाई गरिने बताए ।
यस्तै यस विषयमा रामपुर प्रहरी कार्यालयका इन्सपेटर रामचन्द्र शाहले भने हामीले सुरक्षाका क्षेत्रमा कडाई गरेका छौं तर सर्वसाधरणले अटेर गरेको बताए । तर अबका दिनबाट थप कडाई गरीने उनले बताए ।
यो भिडियो पनि हेर्नुहोस्