संखुवासभाः कोरोना सँग जुध्न संघिय सांसद  राजेन्द्र गौतमले संखुवासभा जिल्लामा कोरोना भाइरस (कोभिड(१९) रोकथाम,नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।   संखुवासभा जिल्लाबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य गौतमले जिल्लाका १०वटै स्थानिय तह र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । कोरोना  भाइरस नियन्त्रणका लागि जिल्ला अस्पताल खाँदबारी,स्वास्थ्य कार्यालय र स्थानिय तहलाई पीपीई सेट, सेनिटाइजर,ग्लोब्स लगायतका स्वास्थ्य सामग्री जिल्लामा अभाव हुन नदिन ब्यक्तिगत खर्चमा आफूले स्वास्थ्य सामग्री उपलब्ध गराएको सांसद गौतमले बताए । 

IMG_9447

 बिहिबार जिल्ला अस्पताल खाँदबारीमा एक कार्यक्रमका बिच सांसद गौतमले ७ हजार सर्जिकल माक्स,६० थान एन ९५ माक्स ,८४ थान पीपीई सेट, २२ लिटर सेनिटाइजर, २५० थान ग्लोब्स, ४० थान चस्मा र ४० थान गाउन उपलब्ध गराएको सांसद गौतमले बताए । सांसद गौतम जिल्लामा स्वास्थ्य सामग्री लिएर बुधबार सदरमुकाम खाँदबारी आइपुगेका हुन् ।

सांसद गौतमले स्वास्थ्य सामग्री बिहिबारनै जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्य मार्फत १० वटै स्थानिय तहका प्रमुखलाई हस्तान्त्रण गरिएका छन् । सांसद गौतमले विराट अस्पतालले सहयोग गरेको एक हजार थान सर्जिकल मास्क जिल्लामा खटिने सुरक्षाकर्मीलाई प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाललाई हस्तान्त्रण गरेका छन् ।   त्यस्तै प्रदेश सरकारले पनि विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रदेश सरकारले जिल्ला अस्पताललाई ५ सय थान ग्लोब्स, २ सय थान सर्जिकल माक्स, २ थान थर्मेलगन उपलब्ध गराएको छ । स्वास्थ्य कार्यालयलाई ५ थान थर्मेलगन,५ सय ग्लोब्स,३ सय सर्जिकल माक्स, २५ थान पिपिई सेट, ५० थान किट उपलब्ध गराएको सामाजिक विकास मन्त्रालयकी सभापति सरिता थापा खड्काले जानकारी दिएकी छन् ।     

IMG_9429