भोजपुरः भोजपुर हतुवागढी गाउँपालिका ६ होम्ताङ्गका एक युवामा कोरोना संक्रमित युवा मावालि ससुरालि हुदै घर आएको पाइएको छ । उनि साउदीबाट फागुन ३० हिमालयन एयरलाइन्सको फ्ल्याइटबाट मार्फत काठमाण्डौ ओर्लिएका उनि काठमण्डौ बाट सुनसरी आएको पाइएको छ ।
रात्रि बसमा सुनसरीको झुम्का आएका उनि नहडाको साथि संग आएका थिए । त्यसपछि डेरा गरि बसेका पत्निलाई भेटन सुनसरी कै चतरामा आएको खुलेको छ । चतराबाट बसमा चढेर परिवार सहित मावालि धरान गइ बसेको देखिएको छ ।

धरान बजारमा समेत किनमेल गरेको उनको आफन्तले बताएका छन । धरान मावाला, चतरा डेरा र इटहरी साथिहरु संग घुमेका उनि ८ दिन सम्म सुनसरी रहेका थिए । सुनसरी पछि उनि ससुरालि उदयपुरको मैना मैनि फागुन ९ गते गएको पाइएको छ ।
ससुरालिमा २ दिन बसेका उनि ११ गते विहान स्थानियको मोटरसाइकलमा भोजपुर र उदयपुरको सिमाना दुधकोशिको चुहार सम्म गए । त्यहाँबाट अर्कै व्यक्तिको सहयोगमा हतुवागढी गाउँपालिका ९ हसनपुरको बार्ताङ्ग सम्म आएका थिए । त्यहाँ पनि एक पसलमा खाजा खाएर २ घन्टा बसेपछि अर्को बाइकमा घर होम्ताङ्ग पुगेको पाइएको छ । उनि भोजपुर तरेपछि स्थानियवासिले गाउँपालिकाको हटलाइन नम्बरमा खवर गरेको थियो । घर पुगेपछि उनि एकान्तबासमा नबसी साथिहरु संग हिडडुल गरेको पाइएको छ । सामान्य लक्षण समेत नआएको कारण उनि गाउँमा भलिभल खेल्न र सिकार खेल्न गएका थिए । उनको सम्पर्कमा आएकाहरु धेरै भएको हुन सक्ने स्थानियि रिमाल राईले बताए । गाउँको भलिभल खेल्ने सबै ठाउँमा गएको पाइएको छ । गाउँमा एक शिक्षकको मृत्यु भएपछि मलामि समेत गएको स्थानिय अर्थ राईले बताए ।
गाउँमा अन्योल
वैदेशिक रोजगारीबाट फर्किएका एक युवामा कोरोना संक्रमण भए पछि स्थानिय वासिमा भने अन्योलमा परेका छन । संक्रमित युवा घर भन्दा वढि गाउँ घरमा हिडेको पाइएपछि उनिहरु त्रसित बनेका हुन । गाउँलाई नै सिल गरेर कोरोना परिक्षण गर्न स्थानियि वासिले माग गरेका छन । गाउँमा उनिसंग सामाजिक सम्पर्कमा रहेका व्यक्तिहरुको पिसिआर नै परिक्षण गरिनु आफुहरुको माग रहेको स्थानिय रिमाल राईले बताए । हतुवागढी गाउँपालिकाले भने गाउँपालिका बासिलाई संयम र सतर्क रहन अनुरोध गरेको छ । हर प्रयास र सावधानीको बावजुद १ जनामा कोरोना भाईरस पोजिटिभ देखिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । गाउँपालिकाले उनको उपचार र उनिसंग नजिक भएका परिवार लगायत अन्यमा यथासिघ्र स्वास्थ्य परिक्षण गरिने व्यबस्था भैरहेको राईले बताए ।