इटहरीः प्रदेश नम्बर एकका स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामाग्री(पीपीइ ) अभाव भईरहेका बेला वर्ल्ड भिजन इन्टरनेशनलले सुक्रबार प्रदेश १ सरकारलाई ३४ लाख बराबरको पीपीइ सेट प्रदान गरेको छ ।

वर्ल्ड भिजन इन्टरनेशनले ३४ लाख बराबरको २ सय १५ वटा पीटीई सेट, ३२ थान आईआर थर्ममिटर प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई प्रदान गरेको हो । ती सामाग्री वर्ल्ड  भिजन इन्टरनेशनलका पूर्व क्षेत्रीय व्यवस्थापक विनय अमात्यले मुख्यमन्त्री राईलाई हस्तान्तरण गरे । उनले पीपीई सेट मुख्यमन्त्री राईलाई हस्तान्तरण गर्दै कार्यक्षेत्रका मोरङ, सुनसरी र उदयपुर जिल्लामा स्थानीय तहसँगको समन्वयमा विभिन्न सामाग्रीहरु वितरण गरिएको जानकारी समेत गराएका छन् ।

94423825_2576936105956366_5501543915775328256_n

वर्ल्ड भिजनले प्रदेश सरकारलाई एन ९५ मास्क, सर्जिकल मास्क, मेडिकल प्रोटेक्टीभ क्लोथ, इलेक्ट्रोनिक थर्म्मिटर, ग्लोब्स, ह्याण्ड सेनिटाईजर लगायतको १० प्रकारका सामाग्री समावेश गरिएको २ सय १५ थान पीपीई सेट हस्तान्तरण गरिएको वर्ल्ड भिजन फिल्ड कार्यालयका पब्लिक इन्गेजमेन्ट स्पेश्लीष्ट प्रमिल अधिकारीले जानकारी दिए ।पीपीई ग्रहण गर्दै मुख्यमन्त्री राईले अग्रभागमा रहेर कार्य गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर सामाग्रीहरु वितरणको व्यवस्था मिलाईने बताए । वर्ल्ड भिजनबाट अहिले सम्मकै उल्लेख्य समाग्री प्रदेश सरकारलाई प्राप्त भएको उनले बताए । पीपीई प्रदेश सरकारलाई हस्तान्तरण कार्यक्रममा वर्ल्ड भिजनको साझेदार संस्थाका तर्फबाट नारी विकास संघ विराटनगरकी अध्यक्ष सीता शर्मा, राष्ट्रिय सामुदायिक विकास केन्द्रका अध्यक्ष नारायण कार्की लगायतको सहभागिता रहेको थियो ।
यसअघि सोही संस्थाले जिल्ला प्रशासन कार्यालय सुनसरीलाई पनि पीपीइ सेट सहित क्वारेन्टाइनमा प्रयोग हुने बिभिन्न सामाग्रीहरु प्रदान गरेको थियो ।