इटहरीः भोजपुरको हतुवागढी ६ होम्ताङ्गका २६ युवकमा कोरोना संक्रमण भएको पुष्टि भएसंगै एक हप्ता बढी उनि बसेको सुनसरीको चतरा बजारमा त्रास फैलिएको छ । काठमाण्डौंबाट पकली कान्छी चौंक हुदै चतरा आएका उनि इलाका प्रहरी कार्यालय चतरा पछाडीको गैरी टोलमा बसेका थिए ।
गैरी टोलमा डेरा लिएर बसेकी उनकी श्रीमति चतराको मुख्य बजारमा रहेको मनुभक्ति शाहीको घरमा भाडामा टेलरिङ गर्दै आएकी थिइन् । संक्रमित युवा चतरा आएपछि धेरै पटक श्रीमतिले चलाएको टेलरिङ आएका थिए । उनि धेरै पटक चतरा बजारका कपडा पसल, किराना पसल , तरकारी पसल र होटलहरुमा सामान खरिदका लागि आएको स्थानीय होटल तथा यातायात व्यवसायी किशोर तामा्रकारले बताए ।

c1
उनका अनुसार चतरा बस पार्कसंगै जोडिएको जिप्सन होटलमा बसेर उनले धेरै पटक कोल्डड्रिक्स र नास्तापानी खाएका थिए । सो होटलका संचालक उनकै गाँउले र उनीसंग एकदमै मिल्ने साथीभएकाले चतरा बसुन्जेल उनको सो होटलमा प्राय सबै दिन बसाई भएको थियो । २६ बर्षीय युवकलाई कोरोना पुष्टि भएपछि उनका साथी जिप्सन होटलका संचालक तनावमा रहेको ताम्राकारले बताए । ती होटल संचालकले आज चतरामा रहेको स्वास्थ्यचौंकी गएर आफ्नो स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेको र उनको स्वास्थ्य परीक्षण गर्ने तयारी भईरहेको ताम्राकारले बताए ।
ताम्राकारका अनुसार चतरामा रहेको शसस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीका प्रहरी निरिक्षक अशोक न्यौपाने नेतृत्वको टोलीले गए रातभरी लगाएर ती युवाको एकदमै नजिक भएका १८ जनाको नाम लिष्ट तयार पारेका थिए । १८ जनाको आरडिटी टेष्ट गरिएको बराहक्षेत्र नगरपालिकाका मेयर निलम बस्नेतले बताए । उनका अनुसार सुक्रबार गरिएका १८ टेष्टको नतिजा नेगेटिभ आएको छ । बाँकीको भोलि गरिने उनले बताए । उनका अनुसार ती युवाको सम्पर्कमा आएका र घुलमिल गरेका अन्यको पनि खोजी भईरहेको छ ।  ती युवाले चतरा बजार र गैरी टोलमा केही बालबालिकाहरुलाई विदेशबाट ल्याएको चकलेट बाँड्दै हिडेकाले अभिभावहरुमा थप त्रास सृजना भएको तामा्रकारले बताए । उनले भने –‘मेरो पनि चतरा बजारमै घर र होटल छ । मेरै घरको बाटो गर्दै कयौ पटक ती युवा हिड्डुल गरेका थिए । म आफैपनि त्रासका कारण स्वास्थ्यचौंकी गएर टेष्टका लागि नाम टिपाएर भरखरै फर्किएको हुँ ।‘ उनका नजिक भएका, संगै बसेर भोज खाएका, संगै फुटबल र भलिबल खेलेका साथीहरु र चकलेट खाएका बालबालिकाहरु आफ्नो स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य चौकीमा भेला भएको ताम्राकारले बताए ।
उनका अनुसार ती युवा चतराको बसाईकै क्रममा धरान १३ नम्बर वडामा रहेको उनको मामली घर पनि पुगेर फर्किएका थिए । उनि पछिल्लो समय मामली घर हुँदै इटहरी आएको र इटहरीबाट झुम्का चतरा स्टेण्ड हुँदै चतरा बजार पुनः चतरा बजार आएको ताम्राकारले बताए । चतराबाट उनि ससुराली उदयपुरको बेलका नगरपालिका मैनामैनी गएको ताम्राकारले बताए ।
ताम्राकारका अनुसार ती युवालाई कोरोना संक्रमण पुष्टि भएको खबर पाउन साथ चतरा बजार पूर्ण रुपमा ठप्प भएको छ । चतरा बजारका एक जना पनि घरबाट बाहिर ननिस्किएको उनले बताए । उनले ती युवाको नजिक भएका स्थानीय युवा, आफन्तहरु र थप अन्यको तत्काल स्वास्थ्य परीक्षण गर्नु पर्ने बताए । थपको परीक्षणका लागि नगरपालिकाले पनि पहल गरिरहेको आफुले बुझेको उनले जनाए ।

c2