इटहरीः संक्रमणको पुष्टी भएका भोजपुरको हतुवागढी गाँउपालिका वडा नम्बर ६ का २६ वर्षीय युवाको मावलीघरका सदस्यहरुको पनि स्वास्थ्य परीक्षण गरिएको छ । धरान १३ रहेको मावली आएर उनले करीब १ घण्टा समय विताएका थिए । टेष्ट गर्ने सामाग्री अभावमा सुक्रबार मावलीको २ सदस्यको र्या्पिड डायग्नोष्टिक टेष्ट (आरडिटि) विधिबाट कोरोना परीक्षण गरिएको छ ।
आरडिटी गर्दा उनिहरूको परिक्षण नेगेटिभ आएको वडा नं १३ का अध्यक्ष नेत्रबहादुर काफ्लेले बताएका छन । उनका अनुसार परिवारमा ४ जना सदस्य भएकोमा किटको अभावले सुरूमा संक्रमितको बाजे ८४ बर्षीय वृद्ध र माइजु ४० वर्षिय महिलाको टेष्ट गर्दा नतिजा नेगेटिभ देखिएको हो । अरू दुई जना नानीहरूको भोली सम्म किट उपलब्ध भए टेष्ट गरिने र भोली विहानै उक्त घर र टोललाई नै स्यानिटाइज गरिने काफ्लेले बताए ।
आरडिटी टेष्टमा नेगेटिभ आएकोले आत्तीहाल्नुपर्ने अवस्था नरहेको स्वास्थ महाशाखाका रामबाबु यादवले बताए । सम्पर्कमा आएको परिवारको सदस्यहरूमा ज्वरो, रूघा केही पनि नदेखिएको र स्वस्थ सामान्य नै रहेकोले होम क्वारेन्टाइनमा नै रहनका लागी सल्लाह दिएको उनले बताए । वृद्ध भने पहिले देखि नै दमको रोगी भएकाले हल्का खोकी भएपनि समस्या नरहेको यादवले बताए ।