इटहरीः कोरोना संक्रमति देखिएका हतुवागढी गाँउपालिका वडा नम्बर ३ का २६ बर्षीय युवक इटहरी १० बरगाछीको तल्लो भेगमा रहेको फुपुको घरमा आएको खुलेको छ ।
ती युवा चैत्र ५ गते फुपुको घर आएको बुझिएको छ । इटहरी प्रहरी केही बेर अघि फुपुको घर पुगेर उनी आएको पुष्टि गरेको छ । ती युवा सो दिन करिब २ घण्टा फुपु दिदिको घर बसेर धरान फर्किएका थिए ।
उनि सिटि सफारी मार्फत फुपु दिदिकोमा पुगेको बुझिएको छ । प्रहरीले उनिसंग नजिक भएका स्थानीय सिटी सफारी चालक, फुपुका परिवार र अर्की एक युवतीको कोरोना संक्रमण परीक्षण गरिने जनाएको छ ।
ती युवा फुपु दिदिको घरमा २ घण्टा बसेर पुनः सिटी सफारी चढेर इटहरीको धरान लाइनको बस स्टेण्ड गएका थिए । त्यहाँबाट सार्वाजनिक बस चढेर धरान १३ मा रहेका मावली घर पुगेको बुझिएको छ ।
संक्रसमित युवा इटहरी १० आएको पुष्टि भएपछि सो वडाको बरगाछी गाँउमा स्थानीयहरु त्रसिद भएका छन् । प्रहरीले सो स्थानलाई बिषेश निगरानीमा राखेको छ ।
ती युवा इटहरी १० फुपुको घरमा आएर बसेको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मि गौतमले पनि पुष्टि गरेकी छन् । उनले सबैको अवस्था सामान्य रहेकाले आत्तिनु पर्ने अवस्था नभएको बताएकी छन् । उनका अनुसार ती युवा बसेको फुपुको घरका परिवारका सदस्य , सिटी सफारी चालक लगायतको केही समयपछि आरडिटि टेष्ट गरिने छ । इटहरीमा टेष्ट किट सकिएकाले धरानबाट किट भरखरै आईपुगेकाले अब तत्काल टेष्ट गरिने छ । टेष्ट पछि उनिहरुलाई इटहरी क्वारेन्टाइनमा राखिने उपमेयर गौतमले बताइन् ।