इटहरीः भोजपुरको हतुवागढी गाँउपालिका वडा नम्बर ६ का कोरोना संक्रमित २६ बर्षीय युवाको नजिक भएका १४ जनाको पिसिआर प्रविधिबाट गरिएको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको छ ।
उनका नजिक भएका १४ जना युवाहरुको स्वाब लिएर परीक्षणका लागि धरान पठाइएको थियो । परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको हो ।रिपोर्ट को आधारमा भोलिबाट नया तरिकाले चेक गर्ने गाउपालिका प्रशासकिय अधिकृत मणिराम खतिवडाले बताए ।संक्रमित युवाको भने कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भईरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ ।