इटहरीः कोरोना भाइरसबाट एकै दिन बहराइनमा ७७ नेपाली संक्रमित भएका छन्। ४ कम्पनीमा कार्यरत ७७ नेपालीमा एकै दिन कोरोना संक्रमण पुष्टि भएको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ ।
एउटा सुपरमार्केट र ३ विभिन्न कम्पनीमा कार्यरत नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिए। योसँगै बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या १ सय २६ पुगेको उनले जनाए ।
यसअघि बहराइनमा ४९ नेपाली श्रमिकमा कोरोना संक्रमण पुष्टि भइसकेको छ। दूतावासका अनुसार बहराइनमा झण्डै ३० हजार नेपाली श्रमिक कार्यरत छन्। बहराईनमा हिजो सम्ममा १५ सय ५६ जनामा कोरोना संक्रमण भेटिएको र ८ जनाको मृत्यु भएको र २ जना गम्भीर रहेको दुतावासले प्रेस विज्ञप्ती प्रकाशन गरि जनाएको छ ।