इटहरीः भारतमा नोभेल कोरोना भाइरसको संक्रमणका कारण १ हजार ८ जनाको मृत्यु भएको छ । सात हजारभन्दा बढीको उपचार भएको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका सचिव लव अग्रवालका अनुसार भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ३१ हजार ३२४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्र भारतमा एक हजार ६७४ कोरोना संक्रमित थपिएका हुन् । भारतमा लकडाउनका केही प्रावधान खुकुलो बनाइए पनि मानिसहरुलाई अत्यावश्यकबाहेक घरबाहिर ननिस्किन र सामाजिक दूरी कायम गर्न आग्रह गरिएको छ । भारतमा ३ मेसम्म लकडाउन जारी रहनेछ ।