इटहरीः लगातारको लडकडाउनका कारण नियमित खोप लगाउन छुटेका इटहरी उपमहानगरपालिका भित्रका बालबालिकाहरुलाई बैशाख २१ गतेबाट खोप लगाईने भएको छ । त्यसका लागि मंगलबार इटहरी अस्पतालले इटहरी उपमहानगरपालिकाका २० वटै वडाहरुको सूची समेत सार्वजनिक गरेको छ ।
इटहरी अस्पतालका इमेरजेन्सी विभागका प्रमुख रामकुमार धमलाका अनुसार इटहरी अस्पतालले लगाउने खोप तालिका अनुसार वडा नम्बर २ को महेन्द्र माविमा बैशाख २१ गते लगाइने छ । सोही वडाको आयुर्वेद औषाधालय हवाई चौंकमा बैशाख २२ गते खोप लगाइने छ ।

khop 1
वडा नम्बर ३ मा पनि बैशाख २१ गते सामुदायिक स्वास्थ्य क्लिनिक र २२ गते तामागं टोलमा खोप लगाइने धमलाले जनाए । त्यसैगरि वडा नम्बर ४ मा बैशाख २३ गते कचना मावि र वडा नम्बर ५ को २४ बैशाखमा ज्योति माविमा खोप लगाइने छ । बैशाख २५ गते वडा नम्बर ६ को इटहरी अस्पतालमै खोप लगाईने छ ।
बैशाख २१ र २२ गते नै इटहरी ७ को सामुदायिक क्लिनिकबाट सो वडाका बालबालिकाहरुलाई खोप लगाईने इटहरी अस्पतालका इमेरजेन्सी बिभाग प्रमुख धमलाले बताए । सोही मितिमा इटहरी वडा नम्बर ८ को पनि सामुदायिक क्लिनिकबाटै खोप लगाईने छ । वडा नम्बर ९ को इटहरी अस्पतालबाटै बैशाख २६ देखि ३० गतेसम्म बालबालिकाहरुलाइै खोप लगाइने छ ।
बैशाख ३१गते वडा नम्बर १४ का बालबालिकाहरुलाई सोही वडाको सामुदायिक केन्द्रबाट खोप लगाइने छ ।
वडा नम्बर २० मा रहेको हाँसपोसा स्वास्थ्य चौंकीले पनि आफ्नो कार्यक्षेत्र भित्रका वडाहरुको खोप तालिका पनि सार्वजनिक गरेको छ । बैशाख २१ गतेबाट शुरु गरि जेष्ठ १ गतेसम्म बालबालिकाहरुलाई बिषेश खोप लगाउने तालिका सार्वजनिक गरेको छ ।

khop 2