इटहरी: इटहरीस्थित पुर्वी पृतनाका पृतनापति (जर्नेल)अनन्त कार्कीले चुरोट सल्काएको भिडियो सार्वजनिक भएको छ ।
प्रदेश एकका मुख्यमन्त्री, मन्त्रीसमेत सहभागी एक कार्यक्रममा नेपाली सेनाका इटहरीस्थित पुर्वी पृतनाका पृतनापति (जर्नेल) अनन्त कार्कीले चुरोट सल्काएको दृष्य सार्वजनिक भएपछि चर्को आलोचना भइरहेको छ ।

गगत शनिबार मुख्यमन्त्री शेरधन राईसहित आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे नेपाली सेनाको हेलिकप्टर चडेर कोरोना प्रभावित जिल्ला भोजपुर र उदयपुर भ्रमणमा गएका थिए । उक्त भ्रमणमा पृतनापति जर्नेल कार्की पनि सँगै गएका थिए । सोही क्रममा उदयपुरको कटारी १ स्थित क्वारेन्टाइनमा आयोजित सार्वजनिक कार्यक्रममा नै पृतनापति जर्नेल कार्कीले मर्यादाविपरीत र कानुनको धज्जी उडाउदै चुरोट सल्काएका थिए ।

बिभिन्न क्षेत्रका महत्वपुर्ण ब्यक्तिहरु तथा पत्रकारहरुसमेत सहभागी कार्यक्रममा यो दृष्य न्युज २४ का रिपोर्टर पत्रकार अभिमन्यु लामिछानेले कैद गरेर जनतासँग सिधा कुरामा प्रसारण भएको थियो । यो समाचार प्रशारण भएपछि अहिले सामाजिक सञ्जालमा जर्नेल कार्कीको चर्को आलोचना भइरहेका छ । समामजिक दुरी कायम गरी कार्यक्रम भईरहेका बेला जर्नेलले दुईपटकमा दुइृवटा चुरोट सल्काएका थिए । दृष्यमा शुरुमा पृतनापतिले मुख्यमन्त्री र मन्त्रीहरुको पछिल्लतिर बसेर चुरोट सल्काएका थिए । उनी नेपाली सेना को पोशाकमा नै थिए । उनले बैठक चलिरहँदा पनि चुरोट सल्काएर पिएका थिए ।

नेपालको कानुनमा :सुर्ति जन्य अपराध ऐनमा - व्यवस्थापकले यस ऐन विपरीत सार्वजनिक स्थलमा धूम्रपान वा सूर्ति सेवन गरेमा अनुशासनमा नरहेको सरह मानी निजलाई कानून बमोजिम अधिकारप्राप्त अधिकारीले सचेत वा विभागीय कारबाही गर्नु पर्नेछ । भनि तोकिएको छ ।

भिडियो श्रोत: न्युज २४ टेलिभिजन