इटहरीः हतुवागढी गाँउपालिकाको वडा नम्बर ६ का एक व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएसंगै उनको नजिक भएका थप ३२ जनाको आरडिटि परीक्षण गरिएको छ । ३२ जनाकै रिर्पोट नेगेटिभ आएको छ ।
गाँउपालिकाले सिमानाका कडा पारेको छ । आफ्नो गाउँपालिका आउने ब्यक्तिलाई सिमानामा चेक गरी रेकर्ड राख्ने कार्य जारी राखेको गाँँउपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । ती युवाका नजिक भएकाहरुको रिर्पोट नेगेटिभ आएपछि गाँउपालिकाको जनजीवन सामान्य बन्दै गएको अध्यक्ष राईले बताए । गाउँपालिकाले आफ्नो गाडीमा गाउँपालिका भित्रका स्थानीयलाई सिमाना सम्म पुगेर ल्याउने समेत गरेको छ । उनका अनुसार अहिले क्वारेन्टाइनमा कोही ब्यक्ति रहेका छैनन् । सिमानामा नेपाल प्रहरी नेपाली सेना तथा म्यादी प्रहरी तथा स्थानीय युवा खटिएको अध्यक्ष राईले बताए । ३२ जनाको रिपोर्ट नेगेटिभ आएपछि अबका दिनमा कसरी अन्य ब्यक्तिको चेक गर्ने भन्ने बारे केही निणर्य नभएको हतुवागढी गाउँपालिका अध्यक्ष राईले जानकारी दिए ।