इटहरीः कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा हालसम्मको रेकर्डमा सबैभन्दा धेरै अमेरिकामा मानिसहरुले ज्यान गुमाएका छन् । केही बेर अघिसम्मको रेकर्ड अनुसार अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६७ हजार ४ सय ४४ पुगेको छ । गत २४ घण्टामा अमेरिकामा १६ सय ४७ जनाको ज्यान गएको छ।
छिमेकी मुलक भारतमा १ हजार ३ सय २३ जनाले ज्यान गुमाएका छन् । भारतमा संक्रमित हुनेहरुको संख्या प्रतिदिन बढीरहेको छ । भारतमा संक्रमित हुने संख्या ४० हजार नजिक पुगेको छ । केही बेरअघिसम्मको रेकर्ड अनुसार भारतमा ३९ हजार ६ सय ९९ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
उता अमेरिकामा संक्रमितको संख्या ११ लाख ६० हजार ७ सय ७४ पुगिसकेको छ। अमेरिकामा १ लाख ६० हजार मानिस निको भएर घर फर्किएका छन्। विश्वभर कोरोना संक्रमितको संक्रमितको संख्या ३४ लाख ८३ हजार १ सय ८४ पुगेको छ। विश्वभर कोरोनाको संक्रमणपछि मृत्यु हुनेको संख्या २ लाख ४४ हजार ७ सय ६० पुगेको छ।
वल्डोमिटरले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांकअनुसार विगत २४ घण्टामा संसारभर ८२ हजार १ सय ४० जना नयाँ संक्रमित भेटिएका छन्। स्पेनमा २ लाख ४५ हजार ५ सय ६७ संक्रमित रहेका छन्। त्यहाँ २५ हजार एक सयको ज्यान गएको छ। इटालीमा २ लाख ९ हजार ३ सय २८ जनामा संक्रमण भेटिएको छ भने २८ हजार ७ सय १०को ज्यान गएको छ। बेलायतमा १ लाख ८२ हजार २ सय ६० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। बेलायतमा २८ हजार १ सय ३१ जनाको मृत्यु भएको छ।
त्यस्तै फ्रान्समा २४ हजार ७ सय ६० जनाको मृत्यु भएको छ भने लाख ६८ हजार ३ सय ९६ जनामा संक्रमण देखिएको छ। जर्मनीमा तीव्र रुपमा फैलिको भाइरका कारण संक्रमितको १ लाख ६४ हजार ९ सय ६७ । त्यहाँ ६ हजार ८ सय १२ जनाको ज्यान गएको छ। टर्कीमा ३ हजार ३ सय ३६ को मृत्यु भएको छ भने त्यहाँ १ लाख २४ हजार ३ सय ७५ जना संक्रमति छन्। त्यस्तै रुसमा १ लाख २४ हजार ५४ जनामा संक्रमण देखिएको छ।
कोरोनाका कारण विश्वभरमा ११ लाख ८ हजार ६५ जना निको भइसकेका छन्। नेपालमा भने संक्रमितको संख्या ५९ पुगेको छ। तीमध्ये १६ जना भने उपचारपछि निको भइसकेका छन्। बाँकीको देशका बिभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । प्रदेश नम्बर १ मा उपचार भइरहेका ३१ जना मध्ये १३ जनाको स्वाब पुन परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएकाले केही दिनमा डिस्चार्ज गरि घर पठाइने कोशी अञ्चल अस्पताल विराटनगरले जनाएको छ ।