इटहरीः आइतवार एकै दिन १६ जना कोरोना संक्रमणहरु थपिएका छन् । पर्सामा एक जना ३६ बर्षीय पुरुष र नेपालगञ्जको प्रयोगशालामा गरिएको स्वाब परिक्षणबाट थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६ मध्ये १५ संक्रमित एकै परिवारका सदस्य र उनीहरुका नातागोता भित्रका सदस्य रहेको मन्त्रालय श्रोतले बताएको छ ।
जसमा ७ जना पुरुष र ७ महिला छन् । उनिहरुको उमेर ७ बर्षदेखि ६० बर्षसम्मको रहेको स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाले बताए । यो सहित नेपालमा संक्रमितको संख्या ७५ जना पुगेको छ । नयाँ संक्रमितलाई अस्पताल ल्याउने तयारी थालिएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले बताए ।