इटहरीः प्रदेश नम्बर ५ को बाँके जिल्लाको नेपालगञ्ज कोरोना संक्रमण फैलन नेपालको अर्को इपिसेन्टर बन्दै गएको छ । आइतवार राती अबेरसम्ममा नेपालगञ्जमा पुष्टि भएका कोरोना संक्रमितहरुको संख्याबाट प्रदेश नम्बर ५ को नेपालगञ्ज कोरोना संक्रमणको अर्को इपिसेन्टर बन्ने पक्कापक्की नै भएको छ ।
नेपालगञ्जमा पहिलो पटक ७ बर्षे बालकमा समेत संक्रमण पुष्टि भएको छ । केही दिनअघि ६० बर्षीय एक धर्मगुरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनको पछि लाग्ने र उनले भेटेका थप १५  जनामा संक्रमण पुष्टि भईसकेको छ । योसंगै नेपालगञ्जमा मात्र कोरोना संक्रमितको संख्या १६ पुगेको छ । यसअघि प्रदेश नम्बर १ को उदयपुर जिल्ला स्थित त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्के गाँउ कोरोनाको इपिसेन्टर बनेको थियो । सो स्थानमा २९ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा १२ जना भारतीय नागरिक हुन् ।

636927515459325199
तर, आइतवार नेपालगञ्जमा कोरोना संक्रमण पुष्टि भएकाहरु भने नेपालगञ्ज महानगरपालिका वडा नम्बर ८ का स्थायी बासिन्दा हुन् । ६० बर्षीय धर्मगुरुबाटै उनका नजिकका परिवारका सदस्यमा कोरोना संक्रमण भएको र ती परिवारका सदस्यबाट अन्य सदस्यहरुमा संक्रमण फैलिएको बुझिएको छ । २४ संक्रमित मध्ये एकै परिवारका सदस्य बढी छन् । उनिहरुका नजिकका आफन्तहरु रहेको बताइएको छ । भेरी अस्पतालस्थित ल्याबमा ६० बर्षीय धर्मगुरुको स्वाब परीक्षण गर्दा सुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टिसंगै ती धर्मगुरुको नजिक भएका ९० जनाको अस्पतालले स्वाब संकलन गरि परीक्षण गर्ने क्रममा थप २४ मा संक्रमण पुष्टि भएको हो । अस्पतालका अनुसार ९० स्वाब मध्ये ३० को परीक्षण गर्दा यतिका संख्यामा संक्रमित पुष्टि भएको हो । त्यसकारण बाँकी ६० जनाको परीक्षणबाट पनि संक्रमितको संख्या थपिने अस्पतालको अनुमान छ ।

corona -Test ,nisha-pradeshportal.com
नेपालगञ्जमा आइतवार सुरुमा नौजन बिरामी भेटिएका थिए। त्यसपछि दोस्रो पटक ६ जना  गरेर १५ जना संक्रमित भेटिएका हुन्। भेरी अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट थप नौजनामा कोरोना पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा ९ जनालाई कोरोना भएको पुष्टि गरेका थिए । त्यसपछि सह प्रवक्ता डा. समिरकुमार अधिकारीले थप जनामा कोरोना देखिएको पुष्टि विज्ञप्तिमार्फत गरेका थिए। यसअघि भेरी अस्पतालस्थित ल्याबमा गरिएको परीक्षणमा शुक्रबार एकजना ६० वर्षीय मुस्लिम धर्मगुरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो। यी संक्रमतिहरु नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ मा पर्ने जुलाहनपूर्वा टोल आसपासका रहेको बताइएको छ । भेरी अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना पुष्टि भएको हो। पछिल्लो पटक भेटिएका नौ संक्रमितको विस्तृत विवरण खुलाइएको छैन। आइतवार दोस्रो पटक भेटिएका संक्रमितमा १६, २१ र ३४ वर्षीय पुरुष थिए। त्यसैगरी ४०, ५५ र ६० वर्षीया महिला पनि कोरोना संक्रमित भएका थिए। आइतवार दिउँसो मात्रै नेपालगन्जमा पाँच पुरुष र चार महिलामा कोरोना पुष्टि भएको विवरण आएको थियो। यही शुक्रबार त्यहाँका एकजना ६० वर्षीय मुस्लिम धर्मगुरुमा पहिलो कोरोना संक्रमण देखिएको थियो।
संक्रमित मध्ये एक ७ बर्षीय
नेपालगन्जमा यसअघि आइतवार दिउँसो संक्रमण पुष्टि भएका ९ जना कोरोना भाइरसका नयाँ बिरामीमध्ये ७ वर्षीय पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगन्जका संक्रमितमध्ये पहिलो लटका नौजनाको विवरण सार्वजनिक गर्दै उनीहरु ७ वर्षीयदेखि ५८ वर्षीयसम्मका रहेको बताएका थिए। सङ्क्रमितका परिवार र नजिकका आफन्तजनालाई महेन्द्र बहुमुखी क्याम्पसस्थित क्वारेन्टाइनमा राखिएको थियो। कोरोना पुष्टि भएपछि उनीहरुलाई खजुरास्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा लगिने भएको छ। शनिबार मात्रै कोरोना सङ्क्रमितको परिवार तथा आफन्त र सम्पर्कमा रहेका ९० जनाको स्वाब परीक्षणका क्रममा तिनको पोजेटिभ भेटिएकाले अरु पनि भेटिन सक्ने बताए।
शनिबार दिनभर सुरक्षाकर्मी र स्थानीय टोलवासी अगुवाको सहयोगमा कोरोना परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएको थियो। नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ मा पर्ने जुलाहनपूर्वा टोलमा सङ्क्रमितको आवतजावत हुने गरेको पाइएपछि कोरोना परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएको हो।
६० बर्षीय संक्रमित धर्मगुरु
नेपालगञ्जमा पहिलो पटक भेटिएका ६० बर्षीय व्यक्ति धर्म गुरु भएको बुझिएको छ । उनि मस्जिदमा अजान गर्ने धर्मगुरु भएको बताइएको छ । उनी वडा नम्बर ७ डीएसपी रोडका बासिन्दा हुन् । उनि हरेक दिन वडा नम्बर ८ को महेन्द्रपार्क नजिकको अन्सारी मस्जिद पुग्थे । उनी मस्जिदमा मौजिन ९ मस्जिदमा अजान गर्ने व्यक्ति भएको बताइएको छ ।
उनि मुस्लिम समुदायको घरघरमा गएर बालबालिकालाई उर्दू भाषा र नमाज पढ्न सिकाउँथे । भारत आउ जाउ गरिरहने उनी पछिल््लो पटक लकडाउन शुरु हुनुअघि भारतको नानपारालगायत ठाउँमा गएका थिए ।
चैत १० गते विहान १० बजेबाट नेपालका सबै अन्तर्राष्ट्रिय सीमा नाकामा आवागमन बन्द भयो । तर भारतबाट मानिसहरु आउने क्रम रोकिएन । बाँकेको जमुनाह नाकामा पनि करिब ६ सय जम्मा भएका थिए । उनीहरुलाई स्थानीय प्रशासन र नेपालगञ्ज नगरपालिकाले उद्दार गरेर महेन्द्र बहुमुखी क्याम्पसमा राखेको थियो । तर त्यहाँ बस्ने खाने राम्रो व्यवस्था नभएको भन्दै आधाभन्दा धेरै सो स्थानबाट भागेका थिए । त्यही समूहमा उनी भएको पाइएको छ । यद्यपि उनलाई कहाँबाट कसरी कोरोना संक्रमण भयो भन्ने पत्ता लागेको छैन ।

unnamed (1) 3
तर संक्रमण पुष्टि भएकाले कन्ट्याक ट्रेसिङका क्रममा परिवारका सदस्य, आफन्त र महेन्द्र पार्कको मुस्लिम बस्तीका ९० जनाको थ्रोट स्वाब संकलन गरी भेरी अस्पतालस्थित पीसीआर ल्याबमा परीक्षण गरिएको थियो । त्यसमध्ये ३० वटा नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।
कन्ट्याक ट्रेसिङको काम शुरु
बाँकेका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार नेपालगञ्जको वडा नम्बर ८ मा एकै दिन १५ जना कोरोना संक्रमित भेटिएपछि डीएसपी रोड क्षेत्र र एकलैनी क्षेत्र सिल गरिएको छ । साथै संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गरी सम्पर्कमा रहेकाहरुको खोजी थालिएको छ ।

Nepalgunj Sub -Metropolitan City