इटहरीः एक बर्ष कोठा भित्र ताला लगाएर थुनिएका भोजपुरका एक मनरोगी ब्यक्तिलाई उद्धार गरिने भएको छ ।

भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नम्बर ४ दलगाउँका २७ वर्षीय मनरोगी श्याम बिश्वकर्मालाई उद्धार गरी बिराटनगर पठाउने तयारी भएको दलित उत्थान ग्रामीण समाज सचिव भोजपुरका बिमल रणपहेलीले जानकारी दिए ।
मनरोगी ब्यक्ति १८ महिना बिदेश बसेर ४ बर्ष अगाडी घर आएका थिए ।

घर आएको केही समयमा उनले बिबाह गरेका थिए । तर केही समयपछि उनी मानसिक रोगी भएसगैं श्रीमतिले उनलाई छोडेर अर्कै सगँ बिबाह गरेकी थिइन् । त्यसपछि उनी झन तनावमा परी बिगत ३ बर्ष देखि मानसिक बिरामी भएका थिए ।
उनलाई उपचार गर्नका लागि विभिन्न अस्पताल लगिएको तर उपचार नभएपछि उनलाई कोठा भित्र थुनेर राख्नु परेको उनी दिदि मिना बिश्वकर्माले बताईन् । घरमा अहिले बिरामी भाई र उनी मात्रै बस्दै आएका छन ।

आर्थिक अबस्था दिनदिनै दहनीय बन्दै गएपछि भोजपुर जिल्लाका मानवअधिकारकर्मी लगायतलाई दिदि मिनाले टेलिफोन गरी अब म यहाँ भन्दा बाँन सक्दिन म पनि बिष खाएर मर्छु, भाईलाई पनि बिष खुवाएर मार्छु भन्दै सम्पुर्ण ब्यथा सुनाएकी थिइन । त्यस लगतै बिभिन्न संघसंस्थामा आबद्ध ब्यक्ति तथा सोही वडाका अध्यक्ष फौज सिहं कार्की सहित स्थलगत अध्ययन गरेपछि सो कुरा बाहिर आएको थियो ।

उपचारमा सम्पुर्ण पैसा सक्किएको र ३ तिन लाख उपचारमा ऋण लागेकाले आफूंले केही सोच्न नसकेको उनीकी दिदिको भनाई छ । यस घटना बाहिर आएपछि मानव सेवा केन्द्र बिराटनगर सगँ कुराकानी भएको र त्यहाँ राख्ने ब्यबस्था मिलाइएको सामाजिक अभियान्ता भोजपुरकी सम्झना प्रधानले बताईन् ।

स्थानीयतहसगँ समन्वय गरी उक्त बिरामी ब्यक्तिलाई केही दिनमा विराटनगर लैजाने तयारी भएको प्रधानको भनाई छ । आर्थिक अभाव भएकाले सबैसगँ आर्थिक सहयोगबाट बिराटनगर लैजाने तयारी गरिएको दलित उत्थान ग्रामीण समाज सचिव रणपहेलीले जानकारी दिए ।

apanga  bhojpur 3 apanga bhojpur 1