इटहरीः साउदी अरबमा कोरोनाका कारण निधन भएका इटहरी ५ का काजिमान कटुवाल बारेको यसअघिको समाचारमा केही अंशहरु हटाइएको छ । २० बर्ष अघि रोजगारका लागि साउदी अरब पुगेका उनि बैशाख १ गतेबाट बिरामी भई साउदीको अस्पताल भर्ना भएका थिए । १५ बैशाखबाट गम्भिर बिरामी परेका उनलाई भेन्टिलेरमा राखेर उपचार भईरहेको थियो। उनको २० बैशाखमै निधन भएपनि हिजो मात्र हस्पिटलले पुष्टि गरेको थियो । साउदीमा संगै रहेका उनका सालोले इटहरी ५ स्थित परिवारलाई खबर गरेका थिए । उनको शब ल्याउन हालको परिस्थितीमा कठिनाई भएकाले उत्तै दाहसंस्कार गरिएको छ । घरमा आजबाट उनको काजक्रिया शुरु गरिएको छ । उनी गतबर्ष चैत्रमा घर आएका थिए । ७ दिनअघिसम्म उनि बिरामी अवस्थामै परिवारका सदस्यसंग भिडियोमा कुराकानी गरेको पारिवारिक श्रोतले जनाएको छ । उनकी एक श्रीमति, दुई छोरी र एक छोरा छन् ।