विराटनगर: विराटनगरमा उपचार गराइरहेका ६ कोरोना संक्रमित भारतीय नागरिकले कोरोना जितेका छन् । उनिहरुलाई आज डिस्चार्ज गरिएको छ ।
उदयपुरको एक मस्जिदमा रहेको समयमा कोरोना संक्रमण पुष्टि भएका मध्ये ६ जनाको कोरोना परिक्षणमा रिपोर्ट नेगेटिभ आएकाले उनिहरुलाई आज (बधबार) डिस्चार्ज गरीएको प्रदेश एक सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए ।


‘५ र ६ बैशाखमा अस्पताल भर्ना भएका १३ जना मध्ये ६ जना मुस्लिम धर्म प्रचारक जमातीले कोरोना जितेका हुन । डिस्चार्ज हुनेमा ३०, २९, २८, २१, ३४ र २६ वर्षीय भारतीय नागरिक छन् ।

उनिहरु अस्पतालमा भर्ना भएको १८ दिनपछि कोरोना मुक्त भएका हुन् । डिस्चार्ज हुने सबैलाई हाल नेपाल–भारत दुवैतर्फ लकडाउन भएकाले उनिहरुलाई तत्काल विराटनगर–१६ रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिने जनाइएको छ ।

विराटनगरको कोरोना अस्पतालमा ३१ जना उपचाररत छन् । ती मध्ये २८ जना उदयपुरमा भेटिएका संक्रमित हुन । उदयपुरमा ५ बैशाखमा धर्म प्रचारका लागि आएका १२ जना जमातीलाई कोरोना संक्रमण देखिएको थियो ।

उक्त कार्यक्रममा प्रदेश एक प्रमुख, प्रदेश एक सामाजिक बिकास मन्त्री, कोशी प्रादेशिक अस्पताल बिराटनगरका डाक्टर,नर्स भिभिन्न मन्त्रालयका सचिब तथा पत्रकारको उपस्थिति रहेको थियो ।